एमाले काठमाडौंको मेयरका लागि तीन जनाको नाम पेश

0
22

नेकपा एमालेको स्थायी कमिटी बैठकमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि तीन जनाको नाम पेश भएको छ । यो सूचीमा पूर्वमेयर केशव स्थापित भने परनन् ।स्थायी कमिटीको बैठकमा प्रदेश नम्बर ३ की संयोजक एवं उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीन जनाको नाम पेश गरेकी हुन् ।

स्रोतका अनुसार मेयरको उम्मेदवारका लागि विद्या सुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुसालको नाम पेश भएको छ । जिल्ला कमिटीले ५ जनाक नाम पठाएको थियो । तर, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजालको नाम प्रदेशबाट अघि बढेन । तर, प्रदेश कमिटीले केन्द्रीय सदस्य साविभा भुसालको नाम भने थपेको छ । उपमेयरमा इन्दिरा पन्त, रत्न गुरुङ र शान्ति अधिकारी बस्नेतको नाम पेश भएको छ । उपमेयरका लागि सिफरिस भएकी शंकर पोखरेलकी पत्नी सुजिता शाक्यको नाम प्रदेशबाट अघि बढ्न सकेन ।

साथै प्रदेश नम्बर ६ मा पनि सबै उम्मेदवार चयन भइसकेको छ । प्रदेश नम्बर ४ को हकमा पछि छलफल हुनेछ । तय भइसकेका उम्मेदवारहरुलाई मनोनयनको प्रमाणपत्र समेत पठाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस