स्मार्ट लाइसेन्सको वितरण रोकिने

0
14

सर्वोच्च अदालतले नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीलाई नदिन सरकारको नाममा अन्तरिम आदेश दिएपछि यातायात व्यवस्था बिभागले तत्कालका लागि स्मार्ट लाइसेन्स वितरण नै रोक्ने तयारी गरेको छ। नेपाली नागरिकको व्यक्तिगत विवरण भारतीय कम्पनीको कब्जामा रहेको भन्दै सर्वोच्चमा रिट परेको थियो । त्यसमा सुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको इजलाशले ‘नागरिकको व्यक्तिगत विवरण जस्तो संवेदनशील विषय विदेशी कम्पनीको हातमा जाने र त्यसले सुरक्षा संवेदनशीलतामा असर पर्ने भन्दै मुद्दाको टुंगो नलागेसम्म सो कार्य रोक्नु’ भनेको छ ।यसो भएमा फेरि पुरानै प्रविधिको लाइसेन्स वितरण सुरु हुनेछ ।

अहिले भारतको मद्रास पि्रन्टर्सले स्मार्ट लाइसेन्सको सफ्टवेर सर्भर ब्यवस्थापन गरिरहेको छ । यो सर्भरमा मद्रास पि्रन्टर्सलाई सजिलै पहुँच दिँदा यहाँ लिइएका नागरिकका ब्यक्तिगत विवरण अहिले भारत पुग्ने गरेको छ ।सर्वोच्चले नेपाल सरकारको नियन्त्रणमा डाटा स्टोर हुने व्यवस्था मिलाउन भनेको छ । तर, यातायात व्यवस्था विभागले तत्काल स्मार्ट लाइसेन्सको सर्भर नेपालमै ब्यवस्थापन गर्न तत्काल सम्भव नहुने दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस