नेपाल बिद्यार्थी संघ सहितका बिद्यार्थी सँगठनहरुले शैक्षिक माफिया बिरुद्ध आन्दोलन छेड्ने

0
23

शैक्षिक माफियाले शिक्षा क्षेत्रमा ब्यापारिकण गरेको भन्दै शिक्षालाई गुण्स्तरिय र निम्न वर्गिय बिद्यार्थी को पहुचमा पुर्याउन आन्दोलन छेद्ने भएको छ । निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठकले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बैठकले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिने तथा बुधबार चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने निर्णय गरेको नेपाल बिद्यार्थी संघका प्रेश सम्योजक उमेश भट्टराई ले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जनमोर्चा निकट अखिल छैटौं, माले निकट अखिल पाँचौं र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए