नेपाल बिद्यार्थी संघले गर्‍यो प्रशिक्षण कार्यक्रम  

0
8

नेपालका राजनीतिक दलहरुले लोकतन्त्र दिवश र परिवर्तन बिर्शदै गई रहेको अवस्ता मा नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले काठमाडौं को बागबजार स्थीत हार्दिक होटलमा एक कार्यक्रम गरी लोकतन्त्र दिवस मनाई बिद्यार्थी परिवर्तनका सम्बाहक हुन् भन्ने कुरा सार्थक पारेको छ ।  

निर्वाचन परिचालन तथा बिशेष परिक्षण कार्यक्रमको सभापतित्व गर्दै नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले युवा चेतनाको ढोका हो बिद्यार्थी जागेमा देशमा आमुल परिवर्तन साथै सामाजिक राजनीतिक बिकास हुने कुरा बताउनु भयो । देश चुनावमय भएको छ अव राष्ट्र राष्ट्रियता जोगाउने हो भने नेपाली काङ्रेशलाई देश भर बाट पहिलो स्थान सहीत बिजयी गराउनु नेबिसंघको दायित्व हो भन्दै युवा बिद्यार्थीहरुलाई आ आफ्नो गाउ नगर गएर चुनावी अभियानमा लाग्न निर्देश गर्नु भयो । कार्यक्रममा काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ताहरुलाई निर्वाचन समन्धी बिशेष परिक्षण दिईएको थियो । कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जितजङ बस्नेत, नेपाली काङ्रेशका केन्द्रिय सदश्य गुरुराज घिमिरेले अगुवा बिद्यार्थीलाई प्रशिक्षण दिनु भएको थियो ।  

 

प्रतिक्रिया दिनुहोस