युएईमा चालीस संघसस्थाले बुद्ध जयन्ती मनाउदै

0
17

भुपराज बश्याल /युएई 

चालीस संघसस्थाहरुको सयुक्त आयोजनामा अबुधाबिको फोक्लोर थेयटर हलमा मे 12 मा 2561 औं बुद्ध जयन्ती मनाउन लागिएको छ ! राष्ट्रिय बिभुती, शान्तिका अग्र दुत भगवान गौतम बुद्ध को जन्म भुमी नेपालको पर्यटक प्रबर्द्धन संगै अन्य देशले गौतम बुद्धको बारेमा छरेको भ्रम चिर्न कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजन सुरेन्द्र थिङ तामाङ ले शुक्रबार एक पत्रकार सम्मेलन गरि जानकारी दिए।

यस भन्दा पहिलेका बुद्ध जयन्ती जनजाति साथीहरूले मनाउदै आउनु हुन्थ्यो तर बुद्ध जनजातिहरुको मात्र नभई राष्ट्रको पहिचान भएको हुदा सबै मिलेर मनाउ” भन्ने हाम्रो प्रस्ताव लाई सबै संघ सस्थाले सहजै रुपमा लिदा यो कार्यक्रम गर्न हौसला मिलेको र कार्यक्रम सफल हुनेमा कुनै दुबिधा नरहेको मुल आयोजक समितिमा सदस्य तथा नेपाली समाज युएईका महासचिव मणि भुर्तेलले जानकारी गराउदै देशका राष्ट्रिय चाड पर्बहरु सयुक रुपमा मनाउने अभ्यासको पनि सुरु भएको उनले थपे । झन्डै ब्राह लाख ( चालिस हजार युएई दिराम ) को अनुमानि खर्चको बजेट प्रस्तुत गर्दै कार्यक्रमका आर्थिक सयोजक एकेन्द्र बहादुर थापाले कार्यक्रम बाट करिब पन्ध्र देखि अठार लाख ( युएई दिराम पचास देखि साठी हजार) सम्म आम्दानी हुने खाका प्रस्तुत गर्दै कार्यक्रमको टिकट 40 दिराम राखिएको र यातायात ब्यबस्था पनि मिलाईएको उनले जानकारी दिए ।

बौद्ध धर्म गुरु बौद्ध महासंघका पुर्ब अध्यक्ष खेन्पो भगेन्द्र सिला ( नन्द प्रसाद तिमल्सिना ) को बिशेष उपस्तिथि सहित प्रबचन हुने कार्यक्रममा अन्य देशका नागरिकहरुलाई पनि  बारेमा जानकारी दिन भगवान गौतम बुद्ध सम्बन्धि जानकारी सहितको केही समयको भिडियो प्रस्तुत गरिने र साथमा नेपालका लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तान को साथमा युएईमा रहेका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम मुल आयोजक समितिका सदस्य गोबिन्द ढकालले जानकारी गराए भने कार्यक्रम करिब चार घण्टाको रहने पनि उनले जानकारी दिए।

युएईमा रहेका ब्यबसाय राजनैतिक दल र समाजिक सस्थाहरु एकै ठाउमा रहेर सयुकतरुमा आयोजना गर्न लागेको कार्यक्रमका आयोजक हरु को को हुन त ? नेपाली समाज,नेपाल आदिवासी जनजाती महासंघ,नमस्ते ट्राभल,नेपाल बिश्व सहयोग संघ,नेपलिज सोसल क्लब,शेर्पा किदुग,किरात याक्थुङ चुम्लुङ,तमु समाज,गोरखा सेवा समाज,सुनुवार सेवा समाज, काभ्रे सेवा समाज,नेपाली समुदाय, थारु समाज, अन्तर्राष्ट्रिय कलाकार समाज,दलित एकता संजाल,लुम्बिनी वेल्फेर सोसाइटी, पर्बत सेवा समाज, रुपन्देही सेवा समाज, नवलपरासी सेवा समाज, कास्की आदर्श सेवा समाज,सर्लाही सेवा समाज,किरात राई यायोख्या, नेपाली जन प्रगतिशील मंच, नेपाल मगर संघ शाखा, लि: ल फङ घले समाज, शिलेट ट्राभल एण्ड टुर्स, चितवन समाज, प्रबासी नेपाली एकता समाज, तामाङ समाज, अल सम्हा टावर क्याफ्टेरिया,अर्घाखाँची सम्पर्क समिति,स्याङ्जा सहयोग समाज, हमालय वल्ड ट्राभल,नेपाली कलाकार समूह, प्रबासी भुजेल समाज सेवा समिति,त्रिशुली समाज, मितेरी समाज, नेपालीको सगरमाथा रेस्टुरेन्ट, माझी समाज, अन्तर्राष्ट्रिय नेपाली समाज रहेका छन् भने नेपाल पत्रकार महासंघ युएईले मिडिया कोडिनेटरको भुमिका निर्बाह गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस