कांग्रेसबाट उपमेयरमा टिकट पाएमा जितेर युवाका लागि काम गर्छु – रजनी थापा

0
660

शान्ती बाटिकामा देखिएकी राजनीलाई युवा बिद्यार्थीहरु हौसला दिदै अगाडी बड्न भन्दै थिए ।नेबिसंघको स्थापना दिवसको उपलक्षमा भएको दिप प्रज्वलन कार्यक्रममा देखिएको यो घट्ना यो कुनै नेपाली चलचित्रको सिन होईन आउँदै गरेको स्थानिय चुनावमा टोखा नगरपालिकाको काङ्रेशको तर्फबाट उपमेयरकी दावी गर्ने थापाको युवामाझ देखिएको लोकप्रियता थियो ।युवामाझ लोकप्रिय राजनी राजनीतिबाट युवाका लागि काम गर्न चहान्छिन् । अहिलेको युवा राजनीतिलाई घिणाको दृष्‍टिले हेरेका छन् जसलाई रजनी बादल्न चाहन्छिन् । त्यसका लागि थापा राजनीतिमा होमिएको कुरा हाम्रो सेरोफेरोलाई जानकारी गराईन् ।

नेपाली कांग्रेस टोखा नगर समितिकी सचिव रहेकी रजनी राजनीतिका साथै उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । परम्परागत राजनीतिक अभ्यासमा आफ्ना कुरा पार्टीमा राख्न र अनुकुल वातावरण निर्माण गर्न त्यति सजिलो छैन् भन्ने उनले राम्रोसंग बुझेकी छिन् । तर आफ्ना कुरा बुझाउने र अनुकुल वातावरण निर्माण गर्न दृढतापूर्वक सक्रिय भएर लागेकी रजनी आफ्नो उचित मुल्यांकन हुने कुरामा आशावादी छन् ।
आफ्नो घरलाई उनले जन्मदिने घरका रुपमा बुझेकी छिन् भने कांग्रेसलाई कर्मदिने घरका रुपमा बुझेकी छिन् । आफु कि इतिहास लेख्न वा इतिहास बन्ने बाटोमा अघि बढेको उनी बताउँछिन् । कांग्रेसबाट आफु उपमेयरमा उठेमा अत्याधिक मतका साथ विजयी हुने दावी उनको छ । पढाई लेखाईमा पनि उनी तेज छिन् । नर्शिङमा ब्याच्लर गरेकी थापा एलएलवी र राजनीतिशास्त्रमा स्नाकोत्तर गर्दै छिन् ।

युवा राजनीतिमा होमिएकी राजनी अहिले सम्मकै सबै भन्दा कान्छी उमेदवार हुन् । युवाको नेत्रित्व अग्ग्रजको अनुभव मिलेमा देश काङ्रेशमय बनाउन सकिने दावी गर्नु हुन्छ युवा राजनीतिककर्मी राजनी थापा । राजनीति दिर्घकालिन समाज सेवा हो भन्दै मेहनत गर्नेलाई पछाडि पार्दै पैसामा राजनीति गर्ने देखी कतै काङ्रेश कमजोर हुनेत होईन भन्दै बर्तमान राजनीति प्रती एकदम सम्बेदनसिल हुनुन्छ रजनी ।

प्रतिक्रिया दिनुहोस