ने बि संघले देशब्यापी स्थापना दिवस मनायो, ईतिहासले युबा बिद्यार्थीको काधमा ठुलो जिम्वेवारी दिएको छ – अध्यक्ष महर

0
23

सविना ढकाल, काठमाडौं

“गाउँ जाऔ, नगर जाऔ, जनता जगाऔ कांग्रेस जिताऔ” भन्ने नाराका साथ नेपाल बिद्यार्थी संघको ४८ औ स्थापना दिवस आज देश भरी बिभिन्न कार्यक्रम गरी मनायो । यसै क्रममा राजाधनी को रत्न पार्क स्थित शान्ति बाटिकामा आज नेबिसंघ केन्द्रिय समितिले स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गर्‍यो ।

राजधानीको शान्तिबाटिकामा केन्द्रीय समितिको आयोजनामा उद्योग मन्त्री नवीन्द्रराज जोशीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथिको रुपमा कार्यक्रममा बोल्दै नेता जोशिले आजको दिन लाई सम्झदै राष्ट्र र प्रजातन्त्र जब जब संकटमा पर्छ तव तव नेबिसंघले त्यो जिम्वेवारी पुरा गरेको बताउनु भयो । अब फेरी नेबिसंघ ले खोस्रो राष्ट्रियता बिरुद्ध सच्चा राष्ट्रियता बेखाउने बेला आएको हुँदा युवा बिद्यार्थी जाग्न आग्रह गर्नु भयो । कार्यक्रमलाई सम्भोधन गर्दै नेबिसंघ अध्यक्ष नैन सिंह महरले ईतिहासले युबा बिद्यार्थीको काधमा ठुलो जिम्वेवारी दिएको बताउदै त्यो जिम्बेवारी पुरा गर्न बिद्यार्थीहरुलाई निर्देशन दिदै स्थानिय चुनावमा नेपाली काङ्रेशलाई जिताउन अपिल गर्नु भयो । कार्यक्रममा नेबिसंघ महामन्त्री सरोज कुमार थापाले पञ्चायतको विरुद्धमा संघर्षरत अवस्थामा जेल परेका बिद्यार्थीहरुले जेलभित्रै झण्डाको नक्सा तयार पारी २०२७ साल वैशाख ६ गते स्वयम्भु सत्तल वरिपरि भेला भएका र देशभरबाट आएका दुई सय प्रतिनिधिहरुमाझ भर्खरै जेलबाट रिहाभएका नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले सम्मेलन उद्घाटन गरी नेबिसंघको स्थापना भएको बताउदै नेबिसंघ बिद्यार्थी हकहितको पक्षमा आवाज बुलन्द गर्ने बिद्यार्थी संगठन भएको बताउनु भयो । त्यस्तै कार्यक्रममा केन्द्रिय उपाध्यक्ष डिल्ली सुबेदी ले आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रमको सजजिकरण केन्द्रिय सदश्य रुपा शर्मा पोखरेलले गर्नु भएको थियो ।

नेबि संघ को स्थापना दिवसको अबसरमा नेबि संघ धादिङको आयोजनामा स्वबियुको निर्वाचित विद्यार्थी सम्मानित कार्यक्रम एबं अन्तरक्रिया कार्यक्रमको सम्पन्न गतेको छ। यता नेपाल विद्यार्थी सघ गल्याङ बहुमुखी क्याम्पस स्याङ्जाले ४८ औ स्थापना को अबसर पारी क्याम्पस मा सरसफाइ तथा एक आपस मा शुभकामना आदानप्रदान गरि सम्पन्न गरेको छ । त्यस्तै नेविसंघ ताप्लेजुङले समेत प्रशिक्षण कार्यक्रम सम्पन्न गतेको छ। नेपाल विद्यार्थी संघ नवलपरासीद्वारा नेपाली कांग्रेस केन्द्रिय सदस्य देवेन्द्र कंडेलको प्रमुख आतिथ्यतामा रक्तदान एवं सम्मान कार्यक्रममा सम्पन्न गरेको छ । यता जीतपुर सिमरा उप-महानगरपालिकाले निर्वाचन परिचालन तथा प्रशिक्षण बिशेष अभियान” सम्पन्न गरेको छ।