स्याङ्जामा ठूला दल उम्मेद्वारको टुङ्गो लगाउने अन्तिम कसरतमा -दाबी धेरैको

0
1058

 सरु स्याङ्जा,

स्थानीय तह चुनावको मिति नजिकिदै जाँदा स्याङ्जामा क्रियाशिल ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द, राष्ट्रिय जनमोर्चाले उम्मेद्वारको अन्तिम टुङ्गो लगाउने कसरत गरिरहेका छन् । दलहरुले छलफललाई अन्तिम चरणमा पुर्याएको बताएका छन् । २० वर्षपछि हुन लागेको चुनावमा स्थाफित राजनीतिकर्मी भन्दा भर्खर राजनीति सुरु गरेकाले तल्लो त्यहाँ देखी मेयर सम्म दावी  रहने देखिएको छ ।

जिल्लाका ६ गाउँपालिका र ५ नगरपालिका मध्ये प्राय सबै तहमा उम्मेद्वारको अन्तिम टुङ्गो लगाउने तयारी भइरहेको छ । ठूलादलहरु कसैले पनि उम्मेद्वारको अन्तिम घोषणा गरेका छैनन् । तर जिल्लाका ९७ वटै वडासहित सबैमा एकै पटक घोषणा गर्ने तयारीमा दलहरु रहेका छन् । राष्ट्रिय जनमोर्चाले भने जिल्लाको गाउँपालिका र नगरपालिकामा उठाउने उम्मेद्वारको टुङ्गो लगाएको छ ।

प्रमुख दलहरुले सदरमुकाम रहेको पुतलीबजार नगरपालिकामा छलफल तथा तयारी अन्तिम चरणमा पुर्याएकाछन् । नेपाली काग्रेसबाट प्रमुखमा तुल्सीराम रेग्मी, उपप्रमुखमा हिरादेबी शर्मा र देबी अर्याल मध्ये एक, नेकपा एमालेबाट प्रमुखमा सीमा क्षेत्री, उपप्रमुखमा दोबबहादुर कार्की र माओवादी केन्द्रबाट प्रमुखमा नारायण लम्साल, उपप्रमुखमा अमृता अर्यालको नाम तयार पारेको पार्टी श्रोतले जनाएको छ । कांग्रेसका रेग्मी, शर्मा र अर्याल पार्टीका क्षेत्रीय सभापति र महासमिति सदस्य हुन् । एमालेका क्षेत्री र कार्की पार्टीभित्र पुराना कार्यकर्तामा गनिन्छन् ।

मतदाता संख्यामा जिल्लाकै ठूलो नगरपालिका वालिङमा कांग्रेसबाट पूर्व उपप्रमुख दीलिपप्रताप खाँण प्रमुखमा, र महिला संघका जिल्ला सभापति कल्पना तिवारीले उपप्रमुखमा उम्मेद्वारी दिने झण्डै टुङ्गो लागेको छ । एमालेबाट पुन्यप्रसाद अर्याल र मोहन रेग्मी मध्ये एक प्रमुख र खगिसरा थापा उपप्रमुख तथा माओवादी केन्द्रबाट प्रमुखमा हुमबहादुर गुरुङ्, उपप्रमुखमा कल्पना अर्यालको नाम टुङ्गो लागेपनि सार्वजनिक गरिएको छैन् । कांग्रेसका खाँण २०५४ का उपप्रमुख बनीसकेका छन् भने तिवारी जिल्ला पार्टी सभापति पदका प्रत्यासी हनुहुनुहुन्छ । एमालेका अर्याल र रेग्मी दुवै पार्टीभित्र राम्रो प्रभाव पार्ने व्यक्ति हुन् ।

आर्थिक दृष्टिले ठूलो सम्भावना बोकेको चापाकोट नगरपालिकामा कांग्रेसबाट प्रमुखमा शिवकुमार गिरी, उपप्रमुखमा विमला श्रेष्ठ, एमालेबाट प्रमुखमा रामचन्द्र भट्टराई, उपप्रमुखमा सरस्वती भट्टराई, माओवादी केन्द्रबाट प्रमुखमा राजु कोइराला नाम तयार पारेपनि घोषणा गरिएको छैन् । चापाकोटमा कांग्रेसका नेता गिरी निक्कै प्रभावशाली मानिन्छन् । लामो समय राजनीति र जिल्लाको विकासमा खटेको भन्दै कांग्रेस इतरमा समेत राम्रो मानिन्छन् ।

भीरकोट नगरपालिकामा कांग्रेसका तर्फ प्रमुखमा छाँयाराम खनाल र तोयनाथ अर्याल मध्ये एक, उपप्रमुखमा सिमा कर्माचार्य निश्चित जस्तै छ । एमालेबाट सन्तोष के.सी., मिठू अधिकारी प्रमुख र उपप्रमुख हुन् भने माओवादी केन्द्रबाट चुनावी प्रतिस्पर्धामा जानुपरे चन्द्रबहादुर रोकाहा र सहमति भएमा मिनप्रसाद कोइरालाको नाम तय भएको छ ।

क्षेत्र न ३ को क्षेत्रिय सदरमुकाम समेत रहेको नगरपालिका गल्याङमा कांग्रेसबाट गुरुप्रसाद भट्टराई, श्यामप्रसाद बश्याल, लाल गोपाल अर्याल, महेश भट्टराई र धुर्वप्रसाद शर्मा पंगेनी मध्ये एक प्रमुखमा तथा खगिसरा भण्डारी उपप्रमुख बनाउने तयारी गरेको कांग्रेस श्रोतले जनाएको छ । एमालेबाट प्रमुखमा ढाकाराम अर्याल र भुपराज अधिकारी मध्ये एक जना र उपप्रमुखमा धनकुमारी बिकको नाममा सहमती जुटाउने प्रयास भइरहेकोछ । माओवादी केन्द्रबाट नरबहादुर राना प्रमुखमा नाम सिफारिस गरिएको छ । कांग्रेसका गुरुप्रसाद भट्टराई युवा नेता हुन्, युवा माझ चर्चित छन् भने पूर्व बिद्यार्थी नेता समेत हुन् । भने वश्याल व्यवसायी तथा पूर्व क्षेत्रीय कोसादक्ष  समेत हुन् । अर्का प्रत्यासी अर्याल पूर्व जिविस उपसभापती हुन् भने अर्याललाई गल्याङमा बिकासबादी नेताको रुपमा चिनिन्छ । त्यस्तै महेश भट्टराई भर्खर १ बर्ष अगाडि देखी मात्र कृयासिल राजनीतिमा देखिएका युवा व्यवसायी हुन् । त्यस्तै पंगेनी क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।

यता राष्ट्रिय जनमोर्चा स्याङजाले भने केही तहमा उम्मेद्वारको टुङ्गो लगाएको छ । जसमा पुतलीबजार नगरपालिकामा प्रमुख ग्यामबहादुर हमाल र उपप्रमुखमा शान्ता हमाल, वालिङ नगरपालिकामा प्रमुखमा राजेन्द्र गैरे र उपप्रमुखमा मेनुका एस्के, भिरकोटको प्रमुखमा प्रकाश परियार तथा गल्याङ नगरपालिकाको प्रमुखमा विष्णु गैरे र उपप्रमुखमा तुलसा बश्याल रहेकाछन् ।

अर्जुनचौपारी गाउँपालिका र हरिनास गाँउपालिकाको प्रमुखमा क्रमशः धनबहादुर बिक र खुमबहादुर रानालाई प्रमुखमा उठाउने निर्णय गरेको राष्ट्रिय जनमोर्चा स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस