मधेसी मोर्चा र संघीय गठबन्धनले आन्दोलनको घोषणा बैशाख १५ देखि बन्द

0
18

मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । चुनावलाई बहिस्कार गर्ने उद्देश्यले मधेस, थरुहट, लिम्बुवान बन्ददेखि नेपाल बन्द सम्मका कार्यक्रम घोषणा गरिएका छन् । आइतबार गठबन्धनको बैठक बसेर आन्दोलनको खाका सार्वजनिक गरिने गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले जानकारी दिए ।

राजधानीको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालयमा शनिवार बसेको गठबन्धनको बैठकले निर्वाचन विरोधी गतिविधिलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको थियो । सरकारले मधेसी मोर्चासँगको सहमतिमा संशोधन विधेयक फिर्ता लिएर संसदमा नयाँ संशोधन विधेयक दर्ता गएपछि मधेसी मोर्चाले निर्वाचनमा भाग नलिने घोषणा गरेको थियो । रामसपाका महासचिव केशव झाका अनुसार  मोर्चाले स्थानीय तहको संख्या बढाउनुपर्ने लगायतका आफूहरुको माग सम्बोधन नभएसम्म निर्वाचन हुनै नदिने जिकीर पनि गर्दै वैशाख ५ गतेदेखि २७ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।

आन्दोलन सम्बन्धी कार्यक्रमहरु :

१. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
२. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानमा लाठी÷सिटी जुलूश
३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा
४. २०७४ बैशाख १० गते – विराटनगर, भैरहवा र पाल्पामा आमसभा
५. २०७४ बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा
६. २०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा
७. २०७४ बैशाख १३ गते – गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
९. २०७४ बैशाख १५ गते – मधेश/थरुहट र लिम्बूवान बन्द
१०.२०७४ बैशाख १६ गते – नेपाल बन्द
११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
१२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन
१३. २०७४ बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द
१४. केन्द्रद्वारा तोकिएको कार्यक्रमका अतिरिक्त जिल्ला स्तरीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा÷संघीय गठबन्धनले मतदात केन्द्र स्तरीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरुका साथै स्थानीय स्तरका आन्दोलन सम्बन्धी आ–आफ्ना अन्य कार्यक्रमहरु तय गरी परिचालन गर्ने/गराउने ।

डा. ओम गुरुङ
प्रवक्ता
२०७४ बैशाख ०३

प्रतिक्रिया दिनुहोस