उत्तर कोरियाले देखायो बिकासको लहर सँगै आफ्नो वैभव

0
7

उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मदिनमा आफ्नो एक नयाँ शहरको वैभव देखाएको छ । कोरियाले विदेशी मिडिया बोलाएर आफ्नो एक नयाँ शहरको वैभव देखाएको हो, जुन दिन यहाँ सार्वजनिक विदा दिइन्छ । पत्रकारहरुलाई रियोमियोङ स्ट्रिटमा अवस्थित हाउजिङ स्टेटमा लगिएको थियो, जहाँ ३ हजार ६ सय फ्ल्याटको नवनिर्मित विशाल प्रोजेक्ट छ । यहाँ ७० तल्लासम्मका गगनचुम्बी भवनहरु छन् । हातले पेन्ट गरेजस्ता चिल्ला सडकहरु छन् ।

मात्र एक वर्ष अगाडि किम जोङ ऊनले रियोमियोङ स्ट्रिटको निर्माण घोषणा गरेका थिए । त्यतिबेला यस देशले भर्खरै चौंथो आणविक परिक्षण गरेको थियो र परिणामस्वरुप अन्य राष्ट्रबाट आर्थिक बन्देजको सामना गर्नुपरेको थियो । यसले गर्दा यहाँ निर्माण कार्य अघि बढाउन कठिन थियो । किम जोङ उनले परियोजनाको घोषणा गर्दा उत्तर कोरियाका मिडियाहरुले उनलाई उद्वृत गर्दै भनेका थिए कि यो परियोजना आणविक कार्यक्रम जत्तिकै महत्वपूर्ण छ ।

शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा दशौं हजार नागरिक, वासिन्दा बसन्त ऋतुको घमाइलो दिनमा धेरैले रंगीविरंगी बेलुनहरु हातमा बोकेका थिए तथा सैनिकहरु उपस्थित भएका थिए । 

प्रतिक्रिया दिनुहोस