कार्यकर्ता भन्छन ४ नम्बर प्रदेशको चुनावी सभामा जनता काङ्रेशको पक्षमा उर्लिदा एमालेको सातो गयो । बिस्लेशणात्मक टिप्पोणी

0
105

काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा अधिकतम सहमति जुटाएर गाउँमा उम्मेद्वार उठाउन नगर र गाउँपालिकाको निर्वाचनका लागि उमेदवारीको टिकट दिन योग्य प्रतिनिधि चयनको अधिकार क्षेत्र र जिल्ला कार्यसमितिलाई दिइएको बताउनु भएको छ । हिजो पोखराको बिपी चोकमा कायोजना गरिएको ४ नम्बर प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । देउवाले अगाडि थप्दै भन्नु भयो ‘पार्टीको क्षेत्रीय र जिल्ला समितिले मात्रै आफ्ना ठाउँबाट को योग्य हो भन्ने थाहा पाउन सक्छ, केन्द्रमा नामावली पठाएर सही मान्छे चिन्न सकिँदैन । कसले जित्न सक्छ स्थानीय नेतालाई थाहा हुन्छ । जित्न सक्नेलाई मात्र टिकट दिने हो,’ देउवाले भन्नु भयो । ’मुलुकमा समावेशी अधिकारका अवसरको अभ्यासमा काँग्रेस अग्रणी रहेको दाबी गर्दै ‘कर्णाली, महिला, मधेसी, आदिवासी जनजाति, दलित, समाजमा पछि परेकाहरूले अधिकार पाउनुपर्छ भन्ने कांग्रेसको मान्यता हो’ सभापति देउवाले भन्नु भयो । ‘पृथ्वीनारायण शाहले देश एकीकरण गर्दा पनि त्यो बेला लडाइँको अग्रमोर्चामा हुने आदिवासी जनजाति हुन्, यो देश सबैको हो ।’ अधिकार माग्दा एमालेले मधेसीलाई चिढ्याएको आरोप लगाउँदै देउवाले कांग्रेसलाई जिताए वृद्धाभत्ता दोब्बर गराउने घोषणा गर्नु भयो । ‘हामी पैसा ल्याउने, अरुले वृद्धाभत्ता हामीले दिएको भनेर फुर्ती लाउने ? ‘कांग्रेसलाई जिताउनुस् । हामी वृद्धाभत्ता दोब्बर गराउँछौं । हामी तपाईहरुका समस्या बुझ्दछौँ भन्नु भयो। 

चुनावी सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले ले जनतामा भ्रम छरेको र विकास विरोधी भएको आरोप लगाउनु भएको छ। कांग्रेस नेता पौडेलले एमाले पार्टीको कामा जनतामा भ्रम छर्नु मात्र रहेको बताउनु भयो सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले कांग्रेसले मात्र देशको विकास गर्न सक्ने दाबी गर्दै भन्नु भयो ‘देशलाई विकासको मञ्जिलमा पुर्‍याउँछौं । प्रदेश नम्बर ४ लाई सुनको टुक्रा बनाउँछौं ।’

कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य अर्जुन जोशी, सांसद शारदा पौडेल, नेपाल महिला संघका सभापति उमा अधिकारी, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका सभापति नैनसिंह महर, नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, स्याङ्जाका सभापति कमल पंगेनी, कास्कीका सचिव सुदीपमोहन भट्टराई लगायतले बोलेका थिए ।  

पोखरामा यो अहिलेसम्म भएका कुनै पनि पार्टी र काँग्रेस स्वयंकै आमसभा भन्दा अभूतपूर्व शक्ति प्रदर्शन हो । पोखराको बीपी चोकमै एमालेले गरेको आमसभामा अध्यक्ष केपी शर्मा ओलीले एमालेको जस्तो आमसभा कसैले गर्न नसक्ने भनी गरेको जिकिरतर्फ संकेत गर्दै देउवाले भन्नु भयो ‘ओली जी यहाँ हेर्न आए हुन्छ । सातो उड्छ ।’ पोखरामा अहिलेसम्म भएका कुनै पनि पार्टीका आमसभामा यति धेरै जनता सहभागि नभएका बताइँदैछ । जन पर्दर्शन देखेर स्व्यम् काँग्रेसका नेताहरु र आमा कार्यकर्ताले नेपाली काँग्रेसको इतिहासमा यो अभूतपूर्व शक्तिप्रदर्शन भएको बताएका छन् ।

पोखराको जनलहर देखेर नेताहरु आश्चर्य चकित भएका छन् । काँग्रेसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा दिई स्थानीय निर्वाचनको चुनावी अभियान पश्चिम महाकालीबाट सुरु गरी प्रदेश ४ सम्म आएको छ ।

कार्यक्रममा एमाले निकट स्थानीय निकाय कर्मचारी संघका केन्द्रीय सदस्य अर्जुन गायक, टोल विकास संस्था लेखनाथका चन्द्रबहादुर गुरुङ, कमल गुरुङ लगायत १ हजार बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।