नेपाली काङ्रेशले सात नम्बर प्रदेशमा आफ्नो बिजयी सुनिस्चित गर्दै

0
35

नेपाली काँग्रेसले स्थानीय चुनावलाई मध्य नजर राखेर प्रदेश नं. ७ अन्तर्गत कैलालीको अत्तरियामा बिशाल आमसभा गर्यो । आम सभामा लाखौँ संख्यामा जनताको उपस्थिति थियो ।

आम सभामा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सम्बोधन गर्दै नेपाल भनेको तराई, हिमाल र पहाड भएको बताउनु भयो । । राष्ट्र बिखन्डन गर्न कसैले गर्न नहुने बताउनु भयो । । कार्यक्रम नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय स्थानीय तहमा काँग्रेसमय हुने बताउनु भयो । । कार्यक्रमलाई नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रिय सदस्यहरु एन.पी. साउद, रमेश लेखक, मन्त्रिहरु नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले स्थानिय चुनावमा सबै युवा बिद्यार्थीहरुलाई पार्टिलाई जिताउन लाग्न निर्देशन दिदै अव यो देशको राष्ट्रियता जोगाउने काम युवा हरुको रहेको बताउनु भयो ।

सभालाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष महरले बिद्यार्थीहरुले स्थानीय तहमा काँग्रेसलाई जिताउन लागिपर्नुपर्ने बताउनु भयो । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सम्बोधन गर्नु भएको थियो । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक बुथ १५ तरुण भएर स्थानीय तहमा काँग्रेस लाई जिताउन लागि परेको बताउनु भयो । कार्यक्रम डडेलधुरा पार्टी सभापति कर्ण महतले संचालन गरेका थिए भने संयोजन नेविसंघ उपाध्यक्ष पुष्प कुमार शाहीले गरेका थिए 

त्यस्तैगरी स्थानीय तहको निर्वाचनको मुखमा आएर नेपाल तरुण दल दैलेखले शक्ती प्रर्दशन गरेको छ । तरुण दल दैलेखले आयोजना गरेको  कार्यक्रममा जिल्लाका तरुणहरु समावेश भएका थिए । झण्डै पाचँ सय मोटरसाईकलमा रहेका युवाहरुले चुप्रा देखी दैलख वजार सम्म मोटर साईकल र्‍याली गरेका थिए । जिल्लामा यसरी तरुणले वृहत कार्यक्रम गर्दा पार्टिका सवै नेताहरुको उल्लेखनीय सहभागीता देखिएको थियो । कार्यक्रमको संयोजक रहेका भुपेन्द्र शाहीले अव नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनमा युवाहरुलाई पनि उचीत स्थान दिनु पर्ने जोड दिदै नेपाली काँग्रेसको मेरुदण्ड भनेको तरुण दल रहेकोले आफ्ना कार्यक्रममा तरुण दललाई  समेत संगसंगै लग्नु पर्ने वताएका थिए ।