नेपाल विद्यार्थी संघ पार्टीलाई अग्रस्थान दिलाउने लक्षका साथ स्थानीय निर्वाचनमा होमिने

0
19

नेपाली कांग्रेसको  मेरुदण्डका रुपमा रहेको भातृ संगठन नेपाल विद्यार्थी संघ पार्टीलाई अग्रस्थान दिलाउने लक्षका साथ स्थानीय निर्वाचनमा होमिएको छ ।  संघका अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति वैठकले स्थानीय निर्वाचनलाई लक्षित गरि देशभरका ७ सय ४४ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन परिचालन तथा प्रशिक्षण विशेष अभियान संचालन गर्ने निर्णय गरेको छ ।

नेवि संघको ४८ औं स्थापना दिवशको अवसरलाई स्थानीय तहको निर्वाचनलाई सघाउने गरी देशभरका करिब १५ हजार शिक्षालयबाट १० जनाका दरले सहभागी हुने गरि अभियान सञ्चालन गर्न लागेको अध्यक्ष महरले बताउनु भयो । उहाले बताए अनुसार तीं प्रतिनिधिको सहभागितामा महानगरका वडा, उपमहानगर, नगर र गाउँ पालिकाको सदरमुकामहरुमा वैशाख ६ गते कार्यक्रम सम्पन्न गर्ने छ । ५५ सय प्रशिक्षकले चुनावी मुद्दा र रणनीतिका बारेमा १ लाख ५० हजारलाई प्रशिक्षण दिने अध्यक्ष महरले जानकारी दिनु भयो ।

उक्त प्रस्ताव कांग्रेसको निर्वाचन परिचालन केन्द्रीय समिति वैठका संघका तर्फबाट अध्यक्ष मरहले गर्दा पार्टीले अनुमोदन गरिसकेको छ । नेवि संघ केन्द्रलेसमेत अनुमोदन गरेर उक्त प्रस्ताव लागू गर्ने रणनीतिमा नेवि संघ लागेको छ ।हाम्रै नेतृत्वमा शान्ति र संविधान, हाम्रै नेतृत्वमा समृद्धिको अभियान भन्ने कांग्रेसको मूल ऐजेन्डालाई कार्यान्वयन गर्न जनताको साथ चाहिएको र कांग्रेसलाई विजयी गराउन जनताको घरदैलोमा पुग्ने लक्ष राखेको नेवि संघले वैशाख ११ गते लोकतन्त्र विदशका दिन १५ हजार शिक्षालयबाट ३० प्रतिशत विद्यार्थीलाई पुर्नजागरण निर्वाचन परिचालन अभियानमा सहभागी गराउने  ।

नेवि संघको  यो अभियानको पहिलो दिन नेपाली कांग्रेस र पार्टीका अन्य भातृ संगठनले यसलाई एकमतले सफल पार्न अभियानसँग जुझ्ने अन्य कार्यक्रम नगर्ने योजना बनाएको छ ।