वैशाख १ गतेदेखि उपत्यकामा हर्न बजाउन नपाइने

0
10

सरकारले काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाको पहलमा अाइतबार बसेको सरकारी सरोकारवाला निकायको बैठकले काठमाडौंलाई अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा परिणत गर्ने निर्णय गरेको हो । अब 2०७४को वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन पाउने छैनन । सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त  मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

यदि हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।बैशाख १ देखि सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउने छन। ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम लगाउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस