पूर्वप्रधानमन्त्री डा. बाबुराम पक्राउ -फोनबाट बाबुरामले गृहमन्त्री निधीलाई भने – ‘तपाईले संविधान मिचेर निर्णय गर्दा हुने, हामीले संविधानअनुसार चुनावचिन्ह देउ भन्न किन नपाउने ?’

0
29

पूर्वप्रधानमन्त्री डा. बाबुरामलाई प्रहरीले सडकमा ठेलठाल गरेर पक्राउ निर्वाचन आयोग घेराउ गर्न गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिएका भट्टराईसहित नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी, नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल पनि पक्राउ परेका छन्। जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई पुलिस क्लबमा राखिएको छ। दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिएका हुन्। उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए । नयाँ शक्तिलगायतका निर्वाचन आयोगमा दर्ता भएका ६४ दलले स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिएका हुन्।

यसैवीच सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म प्रहरी कार्यालयबाट बाहिर ननिस्किने भन्दै पक्राउ परेका नेताहरुले प्रहरी कार्यालयभित्रै धर्ना सुरु गरेको जनाएका छन् । बाबुराम भट्टराईको नेतृत्वमा पक्राउ परेका दुई दर्जन बढी नेताहरुलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको छ ।

नयाँ शक्तिले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन पत्र दिएका थिए । नयाँ शक्तिले बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै ऐन संशोधनका लागि ४८ घण्टाको समय दिएको थियो। समयसीमाभित्र ऐन संशोधन नभएको भन्दै नयाँ शक्तिसहितका दलले बिहान ९ बजेदेखि ११ बजेसम्म आयोगसहित देशभरका कार्यालयमा धर्ना दिएका हुन् । यसैबीच नयाँ शक्ति पार्टी मुख्यालय बबरमहलमा आज दिउँसो तीन बजे भोलिका कार्यक्रमबारे पत्रकार सम्मेलन गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस