नवयुवराज हृदयेन्द्र वीर बिक्रम शाहको व्रतबन्ध

0
22

 पूर्वराजा ज्ञानेन्द्रले आफ्ना नाति हृदयन्द्रको शुभ उपनयन (व्रतवन्ध) बिहीबार सम्पन्न गरेका छन् । १५ वर्षका नवयुवराज हृदयन्द्रको व्रतवन्ध दिउसो १ः१५ बजेको शुभसाइतमा निर्मल निवासमा भएको हो ।व्रतवन्धपछि उनलाई बसन्तपुर दरबार क्षेत्रमा अवस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा बाजागाजासहित पुर्‍याइएको थियो ।त्यहाँ राजपरिवारका आफन्त र सर्वसाधारणको ठूलो भिड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस