आज देशका विभिन्न क्याम्पसहरुमा विरोधका कार्यक्रम

0
19

 नेपाल बिद्यार्थी सघंका पुर्व केन्द्रिय सदस्य रविन्द्र जगं शाहको निर्मम हत्या भएको भन्दै नेपाल विद्यार्थी सघं केन्द्रिय कार्यसमितीको निर्णयअनुसार आज देशका विभिन्न क्याम्पसहरुमा विरोधका कार्यक्रम भएका छन् । सोहि अनुसार आज स्याङजाका विभिन्न क्याम्पसहरुमा नेवि सघंले विरोध कार्यक्रम गरेको छ ।

नेपाल विद्यार्थी सघं गल्याङ वहुमुखी क्याम्पसका सभापति विष्णु अधिकारीले अज्ञात समुहद्धारा निर्मम तरीकाले गरीएको हत्याको विरोध गर्दै सरकारले हत्यारा छिटो भन्दा छिटो पत्ता लगाई कडा कारवािह गर्न माग गर्नुभयो । कार्यक्रममा स्ववियु सभापति प्रेमनारायण रेग्मीले बाच्ने अधिकार खोसीएको भन्दै नागरीकको वाच्ने अधिकार सुनिश्चित गर्न सरकारसगँ आग्रह गर्नुभयो । विरोध सभामा नेपाल विद्यार्थी सघं क्षेत्रिय कोषाध्यक्षद्धय विष्णु अधिकारी र प्रदिप पाण्डेय प्रकिरले पनि हत्यारालाई कडा कारवाहि हुनुपर्ने वताउनुभयो । यसैगरी नवि सघं मिर्मी बहुमुखी क्याम्पसका सभापति रेश्मीराज न्यौपानेले स्थानीय निर्वाचनको पूर्व संध्यामा लोकतान्त्रिक पार्टीको जुझारु नेताको निर्ममतापूर्वक गरिएको हत्या लोकतन्त्रमाथिकै आक्रमण भएको वताउनुभएको छ ।

यस्तै चापाकोट वहुमुखी क्याम्पसमा पनि विरोध कार्यक्रम गरीएको छ । क्याम्पसका स्ववियु सभापति सविन डोटेलले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गरेर हत्यारा पत्ता लगाइ कडा कारवाहीको माग गर्नुभएको छ । यसैगरी सार्वजनिक वहुमुखी क्याम्पस मालुगाँका स्ववियु सभापति खगेन्द्र भण्डारीले नयाँ संविधान कार्यान्वयन गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अवसर प्राप्तिका बेला लोकतान्त्रिक नेता तथा कार्यकर्तामाथि गरिएको आक्रमणलाई राज्य र पार्टीले गहिरीएर हेर्न जरुरी भएको औल्याउनुभयो । त्रिभुवन आदर्श वहुमुखी क्याम्पस पुतलीवजार नगरपालीका स्याङजाका स्ववियु सभापति सुनिल चापागाईले सहेर बसे यस्ता घट्ना फेरी पनि घट्न सक्ने भन्दै घटनाको छानविन हुनुपर्ने वताउनुभयो ।

कार्यक्रममा नेवि सघं क्षेत्र नम्वर १ का सभापति विज्ञान भण्डारी, जिल्ला सदस्य सविन रेग्मीले मन्तव्य राख्नुभएको थीयो । नेपाल विद्यार्थी संघका पूर्व केंन्द्रिय सदस्य जाजगरकोटका रवीन्द्र जगंँ शाहको गत मंगलबार राति अज्ञात समुहद्वारा हत्या भएको थीयो ।

प्रतिक्रिया दिनुहोस