नेविसंघ द्वारा युवा नेता रविन्द्र शाहको हत्या बारे स्थलगत अध्ययन समिति गठन

0
13

नेविसंघले संघका पुर्व केन्द्रिय सदस्य तथा जाजरकोट नेपाली काँग्रेसका युवा नेता रविन्द्र शाहको हत्या बारे स्थलगत अध्ययन गर्न एक समिति गठन गरेको छ । समितिले ७ दिन भित्र स्थल गत अध्ययन गरि प्रतिवेदन पेश गर्नेछ । समिति उपाध्यक्ष खड्ग बहादुर डाँगीको संयोजकत्वमा गठन भएको छ जसको सदस्यहरुमा सहमहामन्त्री इश्वर बिष्ट, केन्द्रिय सदस्यहरु तारक के.सी., हरि शर्मा, रमेश के.सी., अनिल शाही, पुष्पराज बस्नेत, सुशिला गिरि, खड्ग बि.सी., मध्ये पश्चिम केन्द्रिय क्याम्पस स्ववियु सभापति झक्कु शाही रहेका एक समिति गठन गरेको नेविसंघ अध्यक्ष नैन सिंह महरले जानकारी दिए । उनले संघर्षका कार्यक्रम घोषणा गर्दै मुलुक निर्वाचनमा गएको बेला एक जना लोकतन्त्र वादी बिद्यार्थीको हत्या गर्नु कायरता पुर्वक कार्य भएकोमा भतर्स्ना गरे ।

आज १७ गते देश भरि प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए । हिजो राजधानीको त्रि-चन्द्र क्याम्पस बाट निस्केको बिरोध जुलुसले रत्नपार्क, भृकुटी मण्डप, पद्मोदय मोड परिक्रमा गरि पुतलीसडक चोकमा पुगी बिरोध सभा, चक्का जाम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस