आरआर क्याम्पसमा पेट्रोल बम प्रहार

0
7

राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोल्न खोज्ने अराजक समूहले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका छन् । फोटो पत्रकार क्लबका महासचिव श्रीधर पौडेल, कान्तिपुरका केशव थापा लगायतका पत्रकारहरु बसेको ठाउँमा चुनाव बिथोल्ने समूहले पेट्रोल बम प्रहार गरेको हो । पेट्रोल बम खुट्टानेर पड्किएपछि प्रहरीले आक्रमणकारीलाई पद्मोदय मोडसम्म लखेटेको छ ।

माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले मतदान बिथोल्नका लागि विहानैदेखि मतदानस्थलमाा ढुंगा प्रहार गरिरहेका थिए ।घटनामा डीएसपी सन्तोष तामाङसहित चार प्रहरी घाइते भएका छन् । तामाङको औलामा चोट लागेको छ । यस्तै सशस्त्र प्रहरीको सञ्चार सेट हराएको थियो । यो पद्मोदय मोडमा नेपाल प्रहरीको टोलीले भेट्टाएर बुझाएको छ ।

ढुंगा प्रहारको फोटो बिभिन्न संचार माध्याममा प्रकाशित भएपछि उनीहरुले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन् । अखिल क्रान्तिकारीका ३ नम्बर प्रदेश संयोजक बिजय गौतमले भने एकलौटी गरिएकाले मतदान विरुद्ध प्रदर्शन गरिएको स्वीकारे पनि पेट्रोल बम आफूहरुले नहानेको बताए ।

क्यम्पसका नियमित बिद्यार्थीलाई प्रहरीले परिचयपत्रका आधारमा मतदान स्थलमा प्रवेश गराइरहेको छ भने अन्यलाई क्याम्पस परिसरमा प्रवेश गर्न रोकिएको छ ।मतदानस्थल बाहिर एमाले सम्बद्ध अनेरास्ववियु र कांग्रेस सम्बद्ध नेविसंघका उम्मेदवारहरुले लाइनमा उभिएर मतदातासँग मत मागिरहेका छन् । अखिल क्रान्तिकारीले चुनाव हार्ने भएकाले मतदान बिथोल्न खोजेको आरोप नेविसंघ र अखिलका उम्मेदवारहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस