प्रधानमन्त्रीको चीन भ्रमण, भेटघाटमा व्यस्त

0
14

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहानैदेखि भेटघाटमा व्यस्त भएका छन् । उनले ग्वाङझाओमा नेपाली समुदायसँग भेटघाट गरेका छन् । नेपाली समुदायले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका थिए । शुक्रबार दिउँसो बोआओ होटलमा बसेका उनले त्यहाँको थाङ्का प्रदर्शनी अवलोकन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रमण्डलले शुक्रबार अपराह्न चिनियाँ स्टेट काउन्सिलर तथा उपप्रधानमन्त्रीसँग भेट वार्ता गर्‍यो ।यो भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डका साथमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास वैरागी एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसमेतको उपस्थिति थियो ।

चिनियाँ उपप्रधानमन्त्रीसँग भेट गर्नुपूर्व प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली टोलीले थाङ्का एवं चिनियाँ कलाको अवलोकन गरेको थियो ।प्रधानमन्त्री प्रचण्डले हेइनानस्थित बोआओ सम्मेलनको उद्घाटन सत्रलाई शनिबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्रीको टोली हेइनानबाट बेइजिङ जानेछ । गौतम बुद्धको जीवन दर्शनमा आधारित थाङ्का प्रदर्शनीको उनले अवलोकन गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस