बिपिसीले नयाँ आयोजना शुरु गर्दै, कावेली ए जलबिद्युत आयोजनाको सिल्यान्यास, केही बर्षमा प्रदेश नं १को उर्जा संकट टर्ने ।

0
35

बुटवल पावर कम्पनीको मुख्य लगानीमा सुरु गर्न लागिएको कावेली ए जलबिद्युत आयोजनाको एक समारोह बीच आयोजना स्थलको बाध क्षेत्रमा आज सिल्यान्यास कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथिको रुपमा आयोजनाको सिल्यान्यास गर्दै स्थानिय बयोबृद्ध समाजसेवी दुर्गा भण्डारीले यस आयोजनाले स्थानिय संग मिलेर काम अगाडी बढाउने र स्थानिय बासिन्दाले पुर्णरुपमा आयोजनालाई सहयोग गर्ने बताउनु भयो ।

आयोजनाले स्थानियको हितमा काम गर्दै समयमै आफ्नो कार्य सम्पन्न गरी गाउँले ले बिजुली बाल्न पाउनेमा आफु विश्वस्थ रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै कावेली ईनर्जी लिमिटेडका अध्यक्ष प्रदिप कुमार श्रेष्ठले यस आयोजनाको निर्माण समयमा एक हजार स्थानियले प्रत्यक्ष र दुई हजार, बाईस सय स्थानिय प्रभावित जनताले अप्रत्क्ष रोजगार पाउने बताउदै, स्थानिय जनताको मेहनत, लगावले गर्दा नै आज यो आयोजना सिल्यान्यास भएको र अब तोकिएको समयमै आयोजना सम्पन्न गरी जनताको घर घरमा बिद्युतिकरण भएको हेर्ने कावेली ईनर्जी लिमिटेडको चहाना रहेको बताउनु भयो । ताप्लेजुङ् प्रमुख जिल्ला अधिकारिले यस आयोजना बिना बिबाद जनताको सहयोगमा सफल हुने आशा राख्दै सफल निर्माणको शुभ कामना ब्यक्त गर्नु भयो ।  

कावेली ए ज बि आ बुटवल पावर कम्पनीको ५५ प्रतिसत र ईफ्राको एशियाको ४५ प्रतिसतमा कावेली ईनर्जी लिमिटेड मार्फत सुरु हुन लागेको आयोजना हो । जसलाई विश्व बैकले नेपाल सरकारको लगानी बिकास बोर्ड मार्फत र अन्तराष्ट्रिय बित्त निगमले ऋण लगानी गरेको छ ा कार्यक्रममा कावेली ए जलबिद्युत आयोजना सहयोग तथा सरोकार समितिका अध्यक्ष भवानी प्रसाद लिङ्गदेन, स्थानिय सरोकारवालाहरुले आयोजनाको सफलततको सुभ कामना ब्यक्त गरे ।लगानीकर्ता को तर्फ बाट इन्फ्राको एसियाका प्रतिनिधिले मन्तब्ब्य राख्दै काबेली ए जलबिद्युत आयोजनाको निर्माणले भारत प्रती बिद्युतको निर्भरतामा कमी आउने बताए। त्यस्तै ठेकेदार कम्पनी जिज्याङ हाइड्रो पावरले यो योजनाले नेपाल र चाइनाको समान्धमा अझै प्रगाड बनाउने बताए । 

काबेली ए जलबिद्युत आयोजना अबको साँढे तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्षका साथ आजबाट कार्य सुरु गरेको छ । कार्यक्रममा आयोजनाको तर्फ बाट काबेली इनर्जी लिमिटेडका कार्यकारी अधिक्रित शेर सिंह भाट ले आगन्तुक तथा स्थानियलाई धन्यवाद ग्यापन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस