अत्यधिक असिना र भारी वर्षाले सबै बाली नष्ट, किसान मर्कामा

0
23

सप्तरीमा वर्षा भारी असिना सँगै जनजीवन प्रभावित भएको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा असिना खसेको छ । पूर्व-पश्चिम राजमार्गमा समेत खसेको असिना दुई फिटसम्म जमेको छ । करिब एक घण्टासम्म लगातार असिना खसेको स्थानीयहरुले बताएका छन् । जिल्लाको जण्डौल, बकधुवा गाविसका साथै कञ्चनरुप नगरपालिकामा व्यापक असिना खसेको छ । जिल्ला सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा वर्षा भएपनि सामान्य असिना खसेको छ ।

पछिल्लो तीन दशकभन्दा बढी समयपछि यत्रो असिना खसेको बताउँछन् वृद्धवृद्धाहरु । अत्यधिक असिना र भारी वर्षाले बिघौंको गहुँबाली नष्ट गरेको छ । गहुँ पाक्ने बेलामा खसेको असिनाले सम्पूर्ण लगानी डुबाएको कृषकहरुले बताएका छन् । गहुँका साथै आँप लगायतका फलफूल समेत असिनाले नष्ट भएको छ ।

भर्खर फल बन्न थालेको आँपको सम्पूर्ण मजरलाई असिनाले नष्ट गरेको छ । यस्तै किसानहरुले लगाएको मुँगको दाल, बिभिन्न किसिमका तरकारीसहितका बालीहरु पनि असिनाले नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस