गुर्जुधारामा ठूलो दुर्घटना

0
16

थानकोट-कलंकी सडकखण्डको गुर्जुधारामा ठूलो दुर्घटना भएको छ । काठ बोकेर आएको ना ३ ख ९७७३ नम्बरको ट्रकले सडकमा रहेका स्कुटर, मोटरसाइकल, वान टन ट्रक र ट्याक्सीलाई एकसाथ हानेको छ । दुर्घटनामा परी आठ जना घाइते भएको बताइएको छ ।

थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीका अनुसार ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रकले सुरुमा विजुलीको पोलमा हानेको र त्यसपछि सँगै रहेको स्कुटर, बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो । ट्रककै ठक्करबाट ट्याक्सी पछाडि रहेको मोटरसाइकलमा पनि क्षति पुगेको छ ।

ठक्करबाट वान टन ट्रकका चालक,  ट्याक्सी चालक र ट्याक्सीमा रहेका यात्रुसहित आठ जना घाइते भएका छन् । उनीहरुको वयोधा र ओम समाज अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस