आज र भोली असत्त्य माथि  सत्त्यको बिजयको प्रतिकको रुपमा आज विश्व भर रङको पर्व होली भब्य मनाईदै

0
55

रंगहरुको पर्व होली देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइएको छ । खास गरी पहाडी जिल्लाका सहरबजार क्षेत्रमा सर्वसाधारणहरुले आपसमा थरीथरीका रंग र अबिर दलेर खुसी साटासाट गर्दै उल्लासमय ढंगमा होली मनाएका हुन् । आइतबार राजधानी काठमाडौं उपत्यकामा पनि सर्वसाधारणहरुले विभिन्न कार्यक्रम गरेर होली मनाएका छन् । देशका विभिन्न भूभागबाट राजधानी आएर बसेका सर्वसाधारणले एकै ठाउँमा भेला भएर आपसमा खुसी साट्दै रंग छ्यापाछ्याप गरेर होली पर्व मनाएका छन्। 

बिदेशमा पनि नेपालीहरुको साथमा त्यहाका बासिन्दाले हर्सोलासका साथ होली मनाएका छन्। 

 

तराईका जिल्लाहरुमा भने भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ ।आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ । 

 सामाजिक सन्जाल मार्फत देखिएका होलीका केही तस्बिरहरु 

होली सामाजिक दृष्टिले, यो एकता र भाइचाराको पर्व हो । सांस्कृतिक कोणबाट हेरौं वा वैज्ञानिक,  उत्तिकै अर्थपूर्ण छ, होली । निराशा र उदासीनता त्यागेर जीवनलाई उल्लासमय बनाउने माध्यम पनि हो यो । र हामी होली पर्व मनाउँछौं । रंगै रंगको पर्व, होली । होलीको सांकेतिक अर्थ हो, जीवन पनि होलीको रंगजस्तै रंगीन होस

नेताको होली 

प्रतिक्रिया दिनुहोस