भारतीय ज्यादतीविरुद्ध कैलाली, कञ्चनपुर र राजधानीमा प्रदर्शन

0
27

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको विरोधमा काठमाडौं, कैलाली र कञ्चनपुरमा व्यापक बिरोध प्रदर्शन भइरहेको छ । कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् । नाका क्षेत्रमा प्रहरीले लगाएको काँडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित नेपालीहरुलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ । 

यता भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको घटनाबारे भारतसँग जवाफ माग्नुपर्ने नेपालका राजनीतिक दलहरुले नेपाल सरकारसँग माग गरेका छन् । सीमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न पनि दलहरुले सरकारलाई सुझाव दिएका छन् ।

माओवादी केन्द्र निकट युवा, विद्यार्थी र महिला संगठनहरुले शुक्रबार साँझ ६ बजे माइतीघर मण्डलामा गोविन्द गौतमप्रति श्रद्धाञ्जली सभाको कार्यक्रम राखेका छन् ।