एमालेको अन्ध राष्ट्रबाद र मधेसीको उग्र क्षत्रीयताबाद बिरुद्ध नेपाल बिद्यार्थी संघ- नैनसिंह महरलाई स्याङ्जामा भब्य स्वागत

0
55

एमालेको अन्ध राष्ट्रबाद र मधेसी मोर्चाको उग्र क्षत्रीयताबादले देशमा पुन द्वन्द  उब्जिएकोले त्यस बिरुद्ध नेपाल बिद्यार्थी संघ लागेकाले नेबिसंघ प्रती युवहरुको मनमा बस्न सफल भएको कुरा नेबिसंघको केन्द्रिय अध्यक्ष नैन सिंह महरले बताउनु भएको छ।  तराई मधेसमा दुई पक्ष लडिरहेका बेला नेबिसंघ भने युवा बिद्यार्थीको मन जित्न लागिपरेको कुरा अध्यक्ष महरले नेपाली काङ्रेश पोखरा नगर सम्भेलनमा बताउनु भएको छ, पोखरामा अध्यक्ष महरलाई नेबिसंघलाई देशको पहिलो बिद्यार्थी संगठन बनाउन नेत्रित्वदाई भूमिका खेलेको भन्दै बिद्यार्थीहरुले भब्ब्य सम्मान गरेका थिए । 

भर्खरै भएको स्वबियु निर्वाचनमा देश भरी बाट नेबिसंघ पहिलो बिद्यार्थी संगठन बन्न सफल भएको छ । सोही उपलक्षमा देश भरी बाट अध्यक्ष महरलाई आफ्नो कलेज भर्मण गरिरिदिन निमन्त्रणा आएकाले अध्यक्ष महरको नेत्रित्वमा बिद्यार्थी नेताहरु भ्रमणमा हुनुहुन्छ ।

सोही सिल्सिलामा नेबिसंघ अध्यक्ष महर झापा, बिराटनगर,मकवानपुर, कास्की हुँदै आज स्याङजा पुग्नु भएको छ । त्यहा अध्यक्ष महरले भर्खरै असामहिक निदन भएकी सिदार्थ बहुमुखी क्याम्पसकी स्वबियु सभापतिको उमेद्वार रिमा क्षत्रीको परिवार सँग भेट गर्नु भएकोछ । साथै नेबिसंघले बिजय हासिल गरेको स्याङ्जाका क्याम्पसका सभापतिहरु सँग अन्तरकृया गर्नु भएको छ ।  

सो अवसरमा अगुवा बिद्यार्थीहरु सँग नेबिसंघले अब सैचिक समानता र बैज्ञानीक शिक्षाकालागी लड्ने र बिद्यार्थी आन्दोलनलाई सफल पार्न लाग्ने कुरा बताउनु भएको छ ।

बिद्यार्थीहरु सँग कुरा गर्दै नेबिसंघ अध्यक्ष महरले कन्चनपुरको सीमा क्षेत्रमा भारतिय सुरक्षाकर्मीद्वारा ३५ बर्षिय नेपाली गोबिन्द गौतमको मृत्युले भारतिय नाङ्गो हस्तक्षेपको पर्दाफास भएको र एक छिमेकीले अर्को छिमेकीका प्रति गरेको यो अमानबीय कार्य भर्त्सना योग्य मात्रै छैन कि यस्ता प्रकारका घटनाले दुई देश बिचको सम्बन्धमा थप जटिलता ल्याउन सक्ने बताउदै घटनाको दुई देशबिच संयुक्त छानबिन समिति गठन गरेर दोषी उपर कारबाही गर्न माग गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस