प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थी संगठनहरुको नाराबाजी

0
16

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई लिएर प्रदर्शनीमार्ग स्थित रत्न राज्य क्याम्पसमा विद्यार्थी संगठनहरुले नाराबाजी गरिरहेका छन् । एमालेसम्वद्ध अखिलले स्ववियु चुनाव गर्न माग गर्दै नाराबाजी गरिरहेको छ भने माओवादीसम्वद्ध क्रान्तिकारीले त्यसको विपक्षमा नारा लगाइरहेको छ ।

गत १८ गते हुन नसकेको स्ववियु चुनाव आज सोमबारका लागि तय भएको थियो । तर, नेपाली कांग्रेससम्वद्ध नेविसंघले उम्मेदवारी नै दर्ता गरेको छैन । विहान ८ बजेबाट मतदान हुने भनिएको थियो । तर, मतदान अनिश्चित जस्तो देखिएको छ । क्याम्पस परिसरमा सुरक्षा व्यवस्था कडा रहेको छ। काठमाडौं उपत्यकामा त्रिभुवन विश्वविध्यालयका आगीक क्याम्पसहरुमा चुनाव मिती घोषणा हुँदै स्थगित हुँदै आएको छ ।