झापामै अनेरस्वबियु चिप्लियो, ने बि संघ ठुलो बिद्यार्थी संगठन बन्न सफल-अध्यक्ष महर सफल नेता सावित

0
182

एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापाका ९ क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भएकोमा अखिल भन्दा नेविसंघ अगाडि देखिएको छ । नेविसंघले मेची क्याम्पससहित ६ वटामा जितेको छ भने दुई वटा क्याम्पसमात्रै एमाले निकट अनेरास्ववियुले जितेको छ । नेविसंघले काँकडभिट्टा बहुमुखी, गौरीगञ्ज बहुमुखी, गरामनी बहुमुखी, दुर्गा क्याम्पस र दमक क्याम्पसमा जितेको हो । अनेरास्ववियुले गौरादह र त्रिदेव चारआली क्याम्पसमा मात्रै जित हात पारेको छ ।

केपी ओलीको गृहनगर दमकस्थित दमक बहुमुखी क्याम्पसमा समेत एमाले अखिल पराजित भएको छ । अखिल क्रान्तिकारी (प्रचण्ड)ले एउटा क्याम्पसमा जित हात पारेको छ । अखिल क्रान्तिकारीले देवी क्याम्पस विर्तामोडमा स्ववियु चुनाव जितेको भने  । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । नेविसंघका भुवन बुढाथोकी ३८३ मत ल्याउँदै सभापतिमा विजयी भए । उनका प्रतिद्वन्द्वी अखिलका मनोज ताम्लीले २४६ मत प्राप्त का छन् ।

देश भरको नतिजाले हाल सम्म नेपाल बिद्यार्थी संघ फाइल स्थान हासिल गर्दै ठुलो संगठन बन्न सफल भएको छ ।नेविसंघले देशभरि भएको स्ववियु निर्वाचन मार्फत देश भरिको नतिजालाई हेर्दा पहिलो स्थान प्राप्त गरेको छ । नेविसंघ भित्र कै अवसरवादी तत्वहरुलाई छिचोल्दै अगाडी बढ्न खोज्दा राजधानीका केहि ठुला क्याम्पस बाहेक देश भरि स्ववियु निर्वाचन भएको छ । निर्वाचन मार्फत बिद्यार्थीहरुले नेविसंघलाई ठुलो संगठनको रुपमा स्थापित गरि दिएका छन् । नेविसंघ अध्यक्ष नैनसिंह महर र महामन्त्री सरोज थापाले गरेको मिहिनेत र दुखले यो सफलता हात लागेको नेबिसंघका कार्यकर्ताको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस