केन्याविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा-को-को छन् टोलीमा ?

0
21

नेपालले यसै महिनाको अन्त्यमा विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँग घरेलु मैदान कीर्तिपुरमा खेल्दैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् ।

यस्तै अलराउण्डर मेहबुब आलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । भारत भ्रमणमा उनको प्रदर्शन औसत थियो । दुई खेलमा मौका पाउका मेहबुबले विकेट लिज सकेनन् । तर, रन पनि धेरै खर्चिएका छैनन ।

अरु टोलीमा को-को छन् ?

नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल छन् । शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा छन् । राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलप नाथ भने बैकल्पिकमा परेका छन् । भारत भ्रमणमा रहेका आशिफ शेख नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस