नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा होमराज रानाभाट विजयी

0
34

नवलपरासी नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा होमराज रानाभाट विजयी नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा होमराज रानाभाट विजयी हुनु भएको छ । शनिवार विहान सम्पन्न भएको मतगणना अनुसार अध्यक्ष पदका उमेद्धवार रानाभाट १ सय ६ मत सहित विजयी हुनु भएको हो । अध्यक्ष पदका अर्का उमेद्धवार रामकुमार श्रेष्ठले ५२ मत प्राप्त गर्नु भएको थियो । विजयी रानाभाट प्रेस युनियनका उमेद्धवार रहनु भएको छ भने श्रेष्ठ वामपन्थी गठवन्धनका रहनु भएको थियो । यसैगरी उपाध्यक्षमा हरी शर्मा ९६ मत प्राप्त गरि विजयी हुनु भएको छ ।

उपाध्यक्षका अर्का उमेद्धवार वुद्धिसागर पोख्रेलले ५९ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी महिला उपाध्यक्षमा पुजा चापागाई ८३ मत सहित विजयी हुनु भएको छ । महिला उपाध्यक्षकी अर्कि उमेद्धवार ज्ञानु पंज्ञनिले ७६ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै सचिवमा ८२ मत सहित राजकुमार रेश्मी विजयी हुनु भएको छ । सचिवका निकटतम प्रतिस्प्रर्धि चोलाकान्त रेग्मीले ७७ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी सह सचिवमा विष्णु गौडेल निर्विरोध चयन हुनु भएको छ । समवेशी सह सचिव तर्फ अनिल यादव विजयी हुनु भएको । उहाले इतराज गुरुङलाइ पराजित गर्दै विजयी हुनु भएको हो । विजयी पधादिकारी मध्य सचिव पदका राजकुमार रेश्मी मात्र वामपन्थी गठवन्दनका रहनु भएको छ । समावेशी सदस्यमा लक्ष्मी हरीजन, महिला तर्फ कल्पना कुवर, जनाजाति सदस्यमा श्याम वुचा मगर, मधेशी सदस्य तर्फ नन्दु कुमार यादव , अल्प संख्यक तर्फ सद्दाम हुसेन अन्सारी निर्विरोध चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा प्रकाश न्यौपाने, वुद्धिराज कडरीया, रञ्जना लम्साल, भिमलाल गाहा मगर, रविन शर्मा चापागाई, र तिर्थराज डुम्रे विजयी हुनु भएको छ । सदस्यहरु मध्य तिर्थ राज डुम्रे मात्र वामपन्थी गठवन्दनका हुनु हुन्छ । यस्तै केन्द्रिय पार्षदमा नारायण शर्मा, विरेन्द्र पाराजुली, श्रीराम सिग्देल, प्रेम न्यौपाने, पुरुषोत्तम सुवेदी, भुमिराज चपागाई, घनश्याम बगाले, धु्रव्र पौडेल, टिकाराम गैरे, रमेश बास्ताकोटी ,आरपि उपाध्याय, बृज राज कुशवाहा , दिपक भट्टराइ र लाल कुमार भट्टराइ निर्वाचीत हुनु भएको छ ।यस्तै महिला केन्द्रीय पार्षद तर्फ धनु भुषाल , कल्पना भट्टराइ, विना न्यौपाने र उर्मिला ढकाल विजयी हुनु भएको छ ।

निर्वाचित केन्द्रिय पार्षद मध्य तिन जना मात्र वाम गठवन्दनका रहनु भएको छ । यसैगरी प्रादेशिक सभासदनमा गोवीन्दराज लामीछाने,ताराचन्द्र बर्मा, सावित्री सापकोटा, रविलाल पाण्डे, प्रेमचन्द्र रौनियार, शालिकराम कोइराला, सुर्य प्रकाश भुषाल र खगराज सापकोटा चयन हुनु भएको छ । कावासोतीमा सम्पन्न १० औ जिल्ला अधिवेशनमा कुल १ सय ८१ सदस्य मध्य १ सय ६४ मत मात्र खसेको थियो । निर्वाचनमा प्रेस युनियन एक्लो र अन्य संगठनहरुको सयुक्त प्यानल भएर अगाडि वढेका थिए ।

प्रतिक्रिया दिनुहोस