सन् २०७० सम्ममा मुस्लिम पहिलो

0
9

विश्वको धार्मिक परिदृश्य: सन् २ शताब्दिको मध्य अर्थात् सन् २०५० सम्ममा भारत विश्वमा सबैभन्दा धेरै मुस्लिम जनसंख्या रहेको देश बन्नेछ । अमेरिकाको प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वमा सन् २०१० देखि २०५० को बिचमा मुुस्लिमहरुको  जनसंख्या ७३ प्रतिशतले बढ्नेछ । त्यस्तै यो बिचमा क्रिस्चियनको जनसंख्यामा ३५ प्रतिशतले बढोत्तरी हुनेछ र यो सबैभन्दा तिव्र रुपमा वृद्धि हुने दोश्रो धर्म हुनेछ । हिन्दुुको जनसंख्यामा भने यो ४० वर्षमा ३४ प्रतिशत मात्रले वृद्धि हुनेछ ।

द फ्युचर अफ वल्र्ड रिलिजन शीर्षकको रिपोर्टमा भनिएको छ-  सन् २०५० सम्ममा विश्वको जनसंख्या सन् २०१० को तुलनामा ३५ प्रतिशतले बढेको हुनेछ । यदि मौजूदा वृद्धिदर कायम भएमा सन् २०७० सम्ममा विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको धर्म मुस्लिम धर्म हुनेछ ।सन् २०१० मा विश्वमा १ अर्ब ६० करोड मुस्लिम थिए भनेे २ अर्ब १७ करोड इशाइ । यदि दुुबै धर्मको वृद्धिदर हालकै कायम रहेमा सन् २०७० सम्म विश्वमा मुस्लिम धर्म मान्नेको जनसंख्या क्रिस्चियन धर्म मान्नेको भन्दा धेरै हुनेछ ।

रिपोर्ट अनुसार सन् २०५० सम्ममा भारतमा मुस्लिम धर्माबलम्बीको संख्या ३० करोड पुुग्नेछ । त्यो सँगै भारत इण्डोनेसियालाई पछि पार्दै सबैभन्दा धेरै मुस्लिम रहेको देश बन्नेछ । यति हुँदाहुँदै पनि भारतमा मुस्लिमको भन्दा हिन्दु धर्माबलम्बीहरुको जनसंख्या धेरै रहनेछ ।

रिपोर्टअनुसार युरोप तथा उत्तर अमेरिकामा बढोत्तरीका बाबजुत सन् २०५० सम्ममा विश्वमा नास्तिकको संख्यामा भने गिरावट आउनेछ । सन् २०५० सम्ममा नास्तिकको संख्या कुल जनसंख्याको १३.२ प्रतिशतमा झर्नेछ, जुन अहिले १६.४ प्रतिशत रहेको छ । यी सम्पूर्ण तथ्यहरुमा धार्मिक रुपमा प्रजनन दरको फरक मूख्य कारण हो । मुस्लिमहरुमा प्रजननदर उच्च छ, जहाँ हरेक महिलाको औसतमा प्रजनन दर ३.१ छ भने क्रिस्चियन महिलाको २.७ रहेको छ ।

रिपोर्टअनुसार सन् २०५० सम्ममा विश्वमा मुस्लिमको जनसंख्या कुल जनसंख्याको ३० प्रतिशत अर्थात् २ अर्ब ८० करोड हुुनेछ भने क्रिस्चियनको जनसंख्या ३१ प्रतिशत अर्थात् २ अर्ब ९० करोड हुनेछ । एजेन्सीको सहयोगमा