आरआर क्याम्पस परिसरमा तनाव

0
27

काठमाडौंको आरआर क्याम्पसमा स्ववियु चुनावको नयाँ मिति घोषणा भएपछि नेविसंघ र अखिल क्रान्तिकारीले विरोध गरेका छन्। ३ बुँदे माग राख्दै नेवि संघ र क्रान्तिकारी प्रदर्शनमा उत्रिएपछि आरआर क्याम्पस परिसरमा तनाव बढेको छ ।दुई विद्यार्थी संगठनले आफूहरुसँग छलफल नै नगरी निर्वाचन तालिका सार्वजनिक भएको भन्दै खारेज गर्न र संयुक्त छलफल गरेर नयाँ बनाउन माग गरेका छन् ।

साथै १८ गते हुन नसकेका सबै क्याम्पसमा देशभर चुनाव गर्नु पर्ने नेविसंघ र क्रान्तिकारीको माग छ । आरआरमा कर्फ्यू लगाइएको दाबी गर्दै उनीहरुले यस्तो अवस्थामा हुने चुनाव मान्य नहुने दुबै विद्यार्थी संगठनले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस