उपत्यकामा अनेरास्वबियुको , बाहिर नेबिसंघको राज

0
178

काठमाडौं जिल्लाभित्र रहेका क्याम्पस मध्ये चारमा अनेरास्ववियु र एकमा अखिल क्रान्तिकारीले जितेका छन् । केन्द्रीय चिकित्स शास्त्र क्याम्पस महाराजगन्ज र नर्सिङ क्याम्पस महाराजगन्जमा अनेरास्ववियुले जितेको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा पनि अखिल विजयी भएको छ ।काठमाडौं इन्जिनियरिङ क्याम्पस कालिमाटी र काठमाडौं शिक्षा क्याम्पस कुलेश्वरमा अनेरास्ववियुले जितेको छ भने थापाथली इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारी प्रचण्ड प्यानल विजयी भएको छ । नेविसंघले जनप्रशासन क्याम्पसमा जित हासिल गरेको छ ।

ललितपुरमा भएका तीन क्याम्पसको चुनावी नतिजा अखिल क्रान्तिकारी प्रचण्ड प्यानलको पक्षमा गएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारी बिजयी भएको छ । त्यस्तै महालक्ष्मी क्याम्पस लुभुमा पनि क्रान्तिकारी बिजयी भएको छ ।भक्तपुर जिल्लाका दुई क्याम्पसमा भएको चुनावमा सानोठिमीमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट क्रान्तिकारीका सभापति निर्वाचित भएका छन् । त्यस्तै भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ नेमकिपाको संयुक्त प्यानलबाट नेक्राविसंघका सभापति निर्वाचित भएका छन् ।उता एड्भान्स इन्जिनियरिङ कलेजमा भने अनेरास्ववियुले जितेको छ । सगरमाथा इन्जिनियरिङ कलेजमा नेविसंघले जितेको छ ।

 उपत्यका बाहिर नेबिसंघको राज

स्यांजाको त्रिभुवन आदर्श क्याम्पस र गल्याङ क्याम्पसमा नेविसंघले जितेको छ ।त्यस्तै तनहुँमा आदिकवि भानुभक्त क्याम्पस र आँबु खैरेनी क्याम्पसमा नेविसंघले जितेको छ,बर्दिया जिल्लामा ६ ओटा क्याम्पसमा भएको निर्वाचन परिणाम नेविसंघको पक्षमा गएको छ । नेविसंघले जुरे क्याम्पस बग्नाहा, बर्दिया बहुमुखी, शारदा बहुमुखी मैनापोखर र दशरथ चन्द बहुमुखी क्याम्पस राजापुरमा बिजय हासिल गरेको छ ।त्यस्तै मनुष टिका सिंह बहुमुखी क्याम्पस बर्दियामा अनेरास्ववियुको प्यानल बिजयी भएको छ । गुराँस बहुमुखी क्याम्पस तारातालमा अखिल क्रान्तिकारी प्रचण्ड समूहले जितेको छ ।

कास्कीका ४ क्याम्पसमा भएको निर्वाचनमा नेविसंघले २ ओटामा जितेको छ । नेविसंघले बिन्दवासिनी र नर्सिङ क्याम्पसमा प्यानलै जितेको छ । वन विज्ञान अध्ययन संस्थान पोखरामा अनेरास्ववियुले जितेको छ भने जनपि्रय क्याम्पसमा नेविसंघ र नयाँ शक्ति विद्यार्थीको संयुक्त प्यानलले जितेको छ ।

प्रतिक्रिया दिनुहोस