काठमाडौंमा पानी पर्‍यो, प्रि-मनसुनको संकेत

0
34

काठमाडौं उपत्यकामा आज साँझ एक्कासी पानी परेको छ । यसलाई मौसमविदहरुले मनसुन सुरु हुनु अघिको संकेतको रुपमा लिएका छन् । मौसमविद सुवास रिमालले ‘मार्च, अप्रिल  र मेलाई प्रि-मनसुनको सिजन भएको   आज परेको पानी पनि त्यही संकेत भएको बताएका छन् ।

यो बेला स्थानीयस्तरमा विकसित जलवाष्पको कारण बादल बन्ने, चट्याङ पर्ने, हावा हुरी चल्ने र सानो ठाउँमा केही क्षणमात्र पानी पर्ने मौसमविदको भनाइ छ ।मौसमविद रिमालका अनुसार शुक्रबार पनि काठमाडौं उपत्यकामा मौसममा बदली हुने र केही क्षण पानी पर्नसक्छ । 

पश्चिम नेपालमा भने पश्चिमी वायुको प्रभावको कारण मौसममा बदली भएको छ । पूर्वी नेपालका पहाडी जिल्लामा पनि मौसममा बदली भएको मौसमविद रिमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस