रविन्द्र मिश्रले छाडे बीबीसी,राजनीतिमा आउने

0
63

राजनीतिमा आउने तयारीका साथ चर्चित पत्रकार रविन्द्र मिश्रले बीबीसी नेपाली सेवा निर्देशक पदबाट राजीनामा दिएका छन् । यसको औपचारिक घोषणा केहीबेरमा गर्नेछन् ।स्रोतका अनुसार मिश्रले नयाँ शक्ति बनाउने प्रस्ताव राखेका थिए । उनीहरुले पहिले बीबीसीको जागिर छाड्न भनेपछि उनले राजीनामा दिएका हुन् ।

तर, नयाँ राजनीतिक दल गठनको प्रक्रिया भने धेरै अघि नबढेको स्रोतले बताएको छ । मिश्रले नयाँ पार्टी खोल्न युवा नेताहरू गगन थापा, रवीन्द्र अधिकारी, घनश्याम भुसाल लगायतलाई मनाउन धेरै लामो समयसम्म प्रयास गरे। तर, उनीहरू आफ्नै पार्टीमा बसे। पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग पनि उनले सँगै मिलेर पार्टी खोल्न लामो समयसम्म छलफल चलाएका थिए। पौडेल अहिले चीनका लागि नेपालको राजदूत छन्। 

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मिश्रलाई आफ्नो पार्टीमा ल्याउन धेरै प्रयत्न गरे पनि उनले नयाँ पार्टीका लागि नयाँ अनुहार चाहिने भन्दै भट्टराईको पार्टीमा जान अस्वीकार गरेका थिए।  अहिले मिश्रसँग टिममा को को छन् भन्ने एकिन छैन। तर लेखक तथा यातायात अर्थशास्त्री सूर्यराज आचार्य, डा.सरोज धिताल, पूर्वमाओवादी नेता मुमाराम खनाललगायतको टिमले प्रारम्भिक तयारी गरिरहेको मिश्र निकटका मानिसहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस