राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा कोमल ओलीको तेस्रो स्थान

0
12

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानमा चर्चामा रहेकी गायिका कोमल ओली तेस्रो स्थान हात पार्दै केन्द्रीय सदस्यमा विजयी भएकी छिन् । बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएर जित हात पारेका छन् । महाधिवेशनमा कोमल ओलीको चर्चा व्यापक देखिए पनि उनीभन्दा अगाडि विक्रम पाण्डेले दोस्रो स्थान ल्याएर जीत हात पारेका छन् ।

बाँकेका चर्चित नेता धवलसमशेर राणाले चौथो स्थानसहित केन्द्रीय सदस्यमा जीत हात पारेका छन् भने झापाली नेता राजेन्द्र लिङदेनले पाँचौं स्थानसहित जित हात पारेका छन् ।महिलाकोटाबाट उम्मेद्वारी दिएकी नायिका रेखा थापाले पनि राप्रपाको केन्द्रीय सदस्यमा जित हात पारेकी छिन् । राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा सुनील थापा पनि विजयी भएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले पनि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस