स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन दियो तरुण दलले कार्यकर्तालाई निर्देशन

0
21

आगामी फागुन १८ गते हुन गइरहेको स्ववियु निर्वाचनमा नेविसंघलाई पूर्ण रुपमा शक्ति लगाएर सहयोग गर्न तरुण दलले आफ्ना कार्याकर्तालाई निर्देशन दिएको छ ।आइतबार प्रेस विज्ञप्ती जारी गर्दै तरुण दलले नेपाल विधार्थी संघको सबै क्याम्पसका उम्मेरद्वारहरुलाई जिताउन अनिवार्य भएकाले आफ्ना दलका कार्यकर्ताले सम्पूर्ण सहयोग गर्ने उल्लेख गरेको छ ।

विगतका निर्वाचनमा नेविसंघ र तरुण दलको कुनैपनि चुनावमा एक अर्काको दरिलो सहकार्य नभएकाले कतिपय ठाउँमा हार बेहोर्नुपरेको भएपनि अवदेखि त्यस्तो नभइ एक अर्कालाई पूर्ण सहयोग गर्ने तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए । बस्नेत तरुण दलको अध्यक्ष भएपछि नेपाली कांग्रेस पार्टी लगायतका भातृ संगठनहरुको विस्तार र सुदृढिकरणको लागि सह्रानिय कामहरु भइरहेका छन् । जो विगतमा हुन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस