संसद बैठक स्थगित

0
13

व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । तर, दलहरुबीच सहमति नभएपछि बैठक स्थगित गरिएको स्रोतले बतायो ।सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा (बबिन)का अनुसार अब संसद बैठक बुधबार दिउँसो दुई बजे बस्ने छ ।

संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच कुरा मिलेको छैन । सहमतिको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आजै संसद भवनभित्र दलहरुको बैठक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस