रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको वडबलिया प्रहरी चौकीमा स्थानीयबासिन्दाले आक्रमण गरेर प्रहरीको हतियार लुटियो

0
13

, रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको वडबलिया प्रहरी चौकीमा स्थानीयबासिन्दाले आक्रमण गरेर प्रहरीको हतियार लुटेका छन् । स्थानीयबासिन्दाले चौकीमा आक्रमण गरेर प्रहरीको एक थान हतियार लुटेर लगेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिनुभयो । स्थानीयबासिन्दाले अहिले पनि प्रदर्शन गरिरहेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

मर्चवारमा शनिबार सिके राउतका कार्यकर्ताले कार्यक्रम गर्न खोजेको तर प्रहरीले कार्यक्रम गर्न नदिएको भन्दै एक समूहको उक्साहटमा स्थानीयबासिन्दाले आन्दोलन गरी चौकीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परी प्रहरी सहायक निरिक्षक राजकुमार श्रेष्ठ सहित पाँच जना प्रहरी र एघार जना आन्दोलनकारी घाईते भएका छन् । घाईतेको स्थानीय स्वास्थ्य सँस्थामा उपचार भई रहेको छ ।आन्दोलनकै क्रममा प्रहरीले ३ जना आन्दोलनकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस