सरकारले भोलि स्थानीय चुनावको मिति घोषणा गर्ने तयारी गर्दै

0
19

सरकारले भोलि स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ । चुनावको मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर तय गरिनेछ । आज  विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गरेको छ । र, भोलि नै चुनावको मिति घोषणा गर्ने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

चुनावको मिति टुंगो लगाउन प्रधानमन्त्रीले निर्वाचन आयोगसँग परामर्श गर्दै छन् । आयोगले दुई चरणमा मतदान गर्ने गरी जेठ १ र २१ को मिति प्रस्ताव गरेको छ । तर, यसलाई अगाडि सार्ने तयारी छ ।सत्तारुढ कांग्रेसले वैशाखभित्र स्थानीय चुनाव गरिसक्नु पर्ने अडान लिएको छ । स्रोतले भन्यो पहिलो चरणको वैशाख र दोस्रो जेठको पहिलो साताभित्र गर्न सकिन्छ कि भनेर हामी आयोगसँग छलफल गर्छौं ।

प्रतिक्रिया दिनुहोस