राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापाको उम्मेद्वारी – काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष प्रदीप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा

0
16

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि अध्यक्षमा कमल थापाको मात्र उम्मेद्वारी पर्ने भएको छ। आइतबार दिउँसो २ बजेसम्म तोकिएको अध्यक्ष उम्मेद्वारी दर्ताका लागि थापाको मात्र उम्मेद्वारी परेको राप्रपा नेपालका सह-प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘अहिलेसम्म कमल थापाको मात्र अध्यक्षमा उम्मेद्वारी परेको छ। प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेद्वारी दिनुहुन्न,’ श्रेष्ठले भने। फागुन ४ गते राप्रपा वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दको घरमा चार शीर्षनेताबीच भएको भनिएको कमल थापालाई अध्यक्ष बनाउने सहमतिमा लोहनीले उम्मेद्वारी दिएसँगै तोडिएको थियो। राप्रपाको विधानमा भएको पदाधिकारी नियुक्तिको आधार र चुनाव चिन्हमा संस्थापन राप्रपाका दुवै शीर्षनेताले सार्वजनिक रुपमै असहमति जनाइसकेका थिए। यस अवस्थामा यस महाधिवेशनले संस्थापन राप्रपा र राप्रपा नेपालबीच एकताभन्दा झनै तीव्र गुटबन्दी बढाउने अडकलबाजीसमेत गरिएको थियो।

यता असन्तुस्ट भएका  काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय अध्यक्ष प्रदीप विक्रम राणाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन्, रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको भन्दै अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।राणाले भने, ‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म मागे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसक्यो, तपाईले पाउनुहुन्न भनेर थर्काउन थाले, के मैलेे निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुँ ?’

राणाले राणाले अब न्यायको ढोका घचघचाउने समेत बताए । आफूलाई बन्दसत्रमा समेत बोल्न नदिइएको र कमल थापाको निर्देशनमा दुर्व्यवहारसमेत गरिएको आरोप लगाए ।