गायिका कोमल वलीले अन्ततः सरकारी जागिर छाडेकी छिन्

0
26

विगत २० बर्षदेखि रेडियो नेपालमा काम गर्दै आएकी गायिका कोमल वलीले अन्ततः जागिर छाडेकी छिन् । उनले मंगलबार राजीनामा बुझाएको बताएकि छन् । कोमल अहिले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’मा प्रवेश गरेर राष्ट्रिय राजनीतिमा आउँदै छिन् । केहि समय अगाडि वलीले बताएकि छन् मलाई रेडियो नेपालको प्रशासनले स्पष्टिकरण समेत सोधेको थियो । त्यसपछि, संचार मन्त्रालयले रेडियो नेपालको प्रशासनसँग यसको जवाफ मागेको थियो । रेडियो नेपालको प्रशासनले कोमललाई स्पष्टिकरण सोधेको थियो ।

यस बिषयमा कोमलले भनिन्-‘हो, मैले रेडियो नेपालबाट राजीनामा दिएकी छु । अब, म राप्रपाको केन्द्रीय सदस्यको उम्मेदवारी दिदैछु । यसैले, राजनीतिमा पूरा समय दिने उद्देश्यले रेडियो नेपालको जागिर छाडेकी हुँ ।’ कोमल वलीले आफ्नो गायकी भने नछाड्ने बताएकी छिन् । उनी वि.सं २०५३ सालदेखि रेडियो नेपालमा समाचार बाचिकाको रुपमा कार्यरत थिइन् । भूकम्पको समयमा रेडियो नेपालमा दिनरात नभनी कोमलले जनतालाई सुसूचित गराउने काम गरेकी थिइन् । तर, राप्रपाको राजनीतिले कोमललाई रेडियो नेपालबाट राजीनामा दिन वाध्य बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस