राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

0
31

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भृकुटी मण्डपमा  दिउँसो १ बजे हुनेछ । महाधिवेशको उद्घाटन राप्रपा अध्यक्ष कमल थापाले गर्नेछन् ।राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा एक लाखभन्दा बढी जनसहभागिता रहने राप्रपाले जनाएको छ ।  महाधिवेशनमा देशभरबाट तीन हजार चार सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।

पार्टीका विभिन्न भात्रि संगठनले काठमाडौँका ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा र झाँकीसहित पदयात्रा गरी समारोहस्थल भृकुटीमण्डप पुग्ने बताइएको छ ।

महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रमुखसँगै कुटनीतिक नियोगका पदाधिकारीहरुको सहभागिता रहने राप्रपाले जनाएको छ । महाधिवेशनबाट अध्यक्षको नेतृत्वमा एक सय ६१ केन्दीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन हुनेछ । शनिबारदेखि बन्दसत्र सुरु हुने राप्रपाले जनाएको छ ।तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएको थियो । 

यता एकतन्त्रीय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै राप्रपाका रष्ट्रिय अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर लोहनीले पार्टीको चुनावी चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन्। बुधबार साँझ लोकेन्द्र बहादुर चन्द्रको निवासमा भएको सहमति अनुसार पार्टी चल्ने नदेखेपछि आफूले उम्मेद्वारी दिएको लोहनीले बताए। उपाध्यक्ष र महामन्त्री कम्तिमा दुई जना निर्वाचित हुनुपर्ने र कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने भन्दै उनले यस अघिको सहमति जनाएका हुन्। ‘पहिले चुनावी चिन्ह हलो हुनेछ भनेर सहमति गरियो, आज आएर एकलौटी रुपमा चिन्ह र शक्ति सन्तुलनको विषयलाई वेवास्ता गर्दै अघि जान खोजिएको छ, यसमा मेरो गम्भीर असन्तुष्टि छ, पहिलेको सहमति नमान्ने र पछिल्लो सहमति मात्रै मान्नुपर्छ भन्ने हुन्छरु यस्तो एकतन्त्रीय पार्टीको निमार्ण राप्रपाका लाखौ कार्यकर्ताले चाहेका छैनन्,’ उनले भने। 

प्रतिक्रिया दिनुहोस