डिअाइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न सोमबार अर्को अन्तरिम आदेश

0
16

सर्वोच्च अदालतले डिअाइजी  जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न सोमबार अर्को अन्तरिम आदेश जारी गरेको छ। महानिरिक्षक पदका अर्का दावेदार डिआइजी नवराज सिलवालले आइतबार दिएको रिटमाथि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो।

सोमबार प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मन्त्रिपरिषद्ले आइतबार चन्दलाई महानिरीक्षकमा गरेको नियुक्ति त्यसअनुसारको पदस्थापन लगायतका कामकारबाही नगर्न नगराउन आदेश जारी गरेको अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए। उनी यो मुद्धामा सिलवालका वकिल हुन्। अधिवक्ता कपिलदेव ढकालले दिएको रिटमाथि हिजै सर्वोच्च अदालतले फागुन ८ गतेसम्म चन्दको नियुक्ति सपथ लगायतका काम कारबाही कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

यी दुवै रिट संगै राखेर ८ गते रिटका दुवैपक्षको बहस सुनेपछि मात्रै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने सर्वोच्चले टुंगो लगाउने छ।सर्वोच्चले अधिवक्ता ढकालको रिटमै चन्दलाई महानिरिक्षक बनाउँदा हेरेको मूल्याङ्कन र मन्त्रिपरिषद्ले निर्णयको फाइल मगाएको छ।

प्रतिक्रिया दिनुहोस