नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन आजबाट सुरु

0
81

नेकपा माओवादीको आठौं महाधिवेशन आजबाट सुरु भएको छ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको राजधानीको खुलामञ्चमा अहिले उदघाटनसत्र चलिरहेको छ । माओवादीले बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने बताएको छ । उदघाटनसत्र सुरु हुनुअघि खुलामञ्चलाई केन्दि्रत गरी उपत्यका र बाहिरबाट आएका कार्यकर्ताहरुलाई समेत समेटेर काठमाडौंका बबरमहल, कालीमाटी र लैनचौर गरी तीन स्थानबाट जुलुससहितको र्‍याली निकालिएको थियो ।

जुलुससहितको र्‍याली शहिदगेटमा एकीकृत भई त्यहाँबाट पार्टी महासचिव विप्लवको अगुवाईमा खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।राजधानीको खुलामञ्चमा उदघाटन सत्र र रोल्पाको थवाङमा महाधिवेशनको बन्दसत्र हुनेछ । थवाङस्थित सामुदायिक भवनमा फागुन ४ गतेदेेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा देशभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस