कार्यवाहक महानिरीक्षकको जिम्मेवारी पोखरेललाई, चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

0
10

प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवा अवधिका कारण आइतबार अनिवार्य अवकास पाउँदैछन् । जादा जादै प्रहरी प्रमुख अर्यालले सिलवाल वा चन्द दुबैले छाडेर प्राविधिक तर्फका एआईजीलाई कार्यबाहक प्रहरी प्रमुख बनाउने भएका छन् । डीआईजी नवराज सिलवाल र जयबहादुर चन्दको विवाद अदालत पुगेपछि महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तेस्रो व्यक्तिलाई कार्यबाहक सुम्पिएर घर जाने तयारी थालेका छन् ।  यता सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र ११ जना डीआईजीको कार्यसम्पदन फाइल झिकाउन समेत आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस