प्रहरी प्रमुख छान्न बसेको मन्त्रिपरिषद्को बैठक बाट जय बहादुर चन्द पक्का पक्की,सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

0
19

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख (आइजीपी) नियुक्त गर्न मन्त्रिपरिषद्को बैठकबाट सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान ९ बजे सिंहदरबारमा बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो  नेपाल प्रहरीका आइजिपी उपेन्द्र कान्त अर्याल र सशस्त्र प्रहरी वलका आइजिपी दुर्जकुमार राई भोलिबाट नियमित अवकाशमा जादैँछन ।

सरकारका प्रवक्ता एवम् संचारमन्त्री राम कार्कीले प्रहरी प्रमुखमा डिआइजी चन्द र सशस्त्र प्रहरी बलको प्रमुखमा एआइजी सिहंबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बै‌ठकले गरेको बताए। वरिष्ठताक्रममा चन्द नवराज सिलवाल तथा प्रकाश अर्यालपछि तेस्रो नम्बरमा थिए। चन्दले हाल लागुऔषध ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्। उनी १४ महिना नेपाल प्रहरी प्रमुखका रूपमा रहनेछन्। 

विस २०४४ सालमा इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका डिआइजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बम बहादुर भण्डारी आइजीपीका दावेदार भएता पनि आइजिपी दौडमा अर्याल र भण्डारी पछि थिए ।

प्रतिक्रिया दिनुहोस