२०७४ माघ भित्र तीन वटै निर्वाचन हुन्छ-कांग्रेस सभापति देउवा

0
30

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताउनु भएको छ । स्थानीय चुनाव भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गराउने सभापति देउवाले बताउनुभयो ।‘२०७४ माघ भित्र तीन वटै निर्वाचन हुन्छ’, नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले शनिबार पालुङटार स्थित ठाटी पोखरी बजारमा आयोजना गरेको आमसभामा देउवाले बताउदै ‘चुनाव गराउने दायित्व कांग्रेसले पुरा गर्ने दाबी गर्नु भयो। ।’

तोकिएको समयमा चुनाव नभए देश संवैधानिक संकटमा फस्ने बताउदै संविधान कार्यान्वयनका लागि पनि चुनाव गर्नु पर्ने देउवाको भनाइ थियो ।  ‘वर्तमान सरकारले नै स्थानिय तहको चुनाव गर्छ’, सभामा सहभागी कार्यकर्तालाई निर्देशन दिदै कांग्रेसका सभापति देउवाले चुनावको तयारी थाल्न कार्यकर्ता लाई निर्देशन दिदै उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभयो