नेबिसंघअध्यक्ष नैनसिंह महरद्धारा आग्रह क्याम्पसमा तालाबन्दी नगर्नुस् 

0
18

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मिति आई रहदा विभिन्न स्थानका क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले आफ्ना माग राख्दै निर्वाचन प्रकृयालाई अवरोध पर्याउने ढंगले तालाबन्दी गरेकोमा नेपाल बिद्यार्थी संघले ध्याकर्षण भएको जनाउदै सम्बन्धित नेता कार्यकर्ताहरुलाई अवरोध नगर्न आग्रह गरेको छ । उपत्यका लगाएत सुर्खेत,दैलेख,बाँकेका केही क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनहरुको नाममा गरिएको तालाबन्दीले आठ बर्षपछि हुन लागेको स्ववियु निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै आज नेविसंघले एक विज्ञप्ती जारी गरी सम्बन्धित  नेता कार्यकर्ताहरुलाई त्यस्तो आग्रह गरेको हो ।

नेविसंघका अध्यक्ष नैनसिंह महरद्धारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा नेपाली विद्यार्थीहरुको आन्दोलनले जन्माएको स्ववियुु र यसको निर्वाचन लामो समयदेखि हुन नसक्दा समग्र विद्यार्थी राजनीति नै प्रभावित बनेको हुनाले अहिले घोषणा भएको कार्यतालिका अनुसार सबै स्थानका क्याम्पस,कलेजहरुमा स्वचछ प्रतिस्वर्धाबाट निर्वाचन गराउन पर्ने आफ्नो संगठनको मान्यता रहेको जनाइएको छ । 

विज्ञप्ती माफर्त अध्यक्ष महरले देश भरी स्ववियु निर्वाचनको माहोल उत्कर्षमा पुगेको बेला उपत्यकका केही क्याम्पसहरुमा नेविसंघका साथीहरुले तालाबन्दी गरेकाको र त्यसलाई आपसी छलफलगरी नेविसंघ केन्द्रीय समितिले सम्बोधन गर्ने निर्णय गरीसक्दा पनि केही क्याम्पसमा तालाबन्दी नखुलेको हुनाले स्ववियु निर्वाचनमा तालाबन्दी गरेर अबरोध पुर्याउने काममा नेविसंघ नरहेको यहि विज्ञप्ती मार्फत जानकारी गराउन चाहेको बताउनु भएको छ।

अध्यक्ष महरले त्रिवि र क्याम्पस प्रशासनलाई निर्वाचन नियमीत कार्यतालिका अनुसार अघि बढाउन समेत अनुरोध गर्दै नेविसंघ केन्द्रीय समितिको निर्णयलाई कुनै सदस्यले बेवास्ता गरेको पाइएका संगठनको मुल्य,मान्यता,विधि,विधान र अनुशासनको दायरामा ल्याउने समेत विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस