रेडियो दाउन्ने एफएम १०३ दशमलव ४ मेगाहर्जको छौठौ वार्षिक साधारण सभा सम्पन्न

0
13

दाउन्ने सुचना सहकारिद्धारा संचालित सामुदायिक रेडियो दाउन्ने एफएम १०३ दशमलव ४ मेगाहर्जको छौठौ वार्षिक साधारण सभा बर्दघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डोल राज भण्डारिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाका कार्यकारि प्रमुख बोधराज बस्यालले व्यवसाईक रेडियोहरुको भिडमा रेडियो दाउन्नेले छुट्टै पहिचान बनाएको बताउनुभयो । उहाले रेडियो दाउन्नेलाई अब आर्थिक रुपमा सवल बनाउन जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै उहाले रेडियो अझ जननिकट रहनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सस्थाका अध्यक्ष डोलराज भण्डारी, कोषाध्यक्ष सरिता खनाल, सचिव गिरिराज पाण्डे, लेखा समिति सयोंजक कमला शर्माले आ आफ्नो प्रतबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा त्रिबेणी टेलिभिजनका कार्यकारी निर्देशक रवी पाण्डे, पत्रकार जान्हवि प्रसाद जोशी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।रेडियोले आफ्नो सेवालाई गुणस्तर बनाउदै आन्तरिक रुपमा लक्षीत वर्ग र समुदाय समक्ष पहुंच बढाउन बढि जोड दिदै विभिन्न समुदायमैत्रि कार्यक्रम संचालन गरेको बताउनुभयो । रेडियोका कार्यकारी निर्देशक तथा उपाध्यक्ष नारायण पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव गिरीराज पाण्डेले गर्नुभएको थियो । २०६७ सालमा आवाज हराएकोहरुको आवाज भन्ने नाराका साथ सञ्चालित रेडियोका १ सय ४४ जना सेयर सदस्य रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस